close

जुम मिटिङमा आपत्तिजनक सामग्री डिस्प्ले भए अब रोक्न सकिन्छ पुरै मिटिङ

टेकपाना टेकपाना

मंसिर २, २०७७ २१:३

जुम मिटिङमा आपत्तिजनक सामग्री डिस्प्ले भए अब रोक्न सकिन्छ पुरै मिटिङ

काठमाडौं । अब तपाईं जुम मिटिङलाई अस्थायी समयका लागि रोक्न सक्नुहुन्छ । जुम मिटिङभित्र अनाधिकृत रुपमा छिर्ने मान्छेहरु अर्थात् जुमबम्बरलाई निकाल्न उक्त फिचर ल्याइएको कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत जानकारी दिएको छ ।

कोरोना महामारीका बीचमा भिडियो कन्फ्रेन्सिङ एप जुमको प्रयोग बढेसँगै विभिन्न प्रयाङ्क हुनुका साथै ह्याकरहरुले जुम कलभित्र छिरेर विभिन्न किसिमका अश्लील तथा आपत्तिजनक सामग्रीहरु डिस्प्ले गरेको पाइएपछि कम्पनीले नयाँ सुरक्षा फिचर ल्याएको हो ।

जुमले त्यस्ता किसिमका क्रियाकलापलाई ‘जुम बम्बिङ’ नाम दिएको छ । नयाँ सुरक्षा फिचर अन्तर्गत तपाईंले खराब सामग्रीलाई ब्लक गर्न मिटिङलाई अस्थायी समयका लागि सस्पेन्ड गर्ने तथा जुममा जुमबम्बरको रिपोर्ट गर्न सक्नेछन् । 

मिटिङलाई रोक्न होस्टले सेक्युरिटी आइकनमा क्लिक गर्नु पर्नेछ । त्यसपश्चात ‘सस्पेन्ड पार्टिसिपेन्ट एक्टिभिटिज’ मा क्लिक गर्नसक्छन् । यति गरेपछि अडियो, भिडियो, इन मिटिङ च्याट, एनोटेसन्स, स्क्रिन शेयरिङ र रेकर्डिङ सबै बन्द हुन्छन् ।  

त्यसपछि जुमले होस्टलाई के तपाईं प्रयोगकर्ताविरुद्ध रिपोर्ट गर्न चाहनुहुन्छ भनेर प्रश्न गर्दछ । यदि उनीहरु चाहन्छन् भने मिटिङबाट त्यस्ता युजर इजेक्ट हुन्छन् । त्यसको नोटिफिकेसन जुमको सुरक्षा टिमलाई जान्छ । 

जुमले उक्त सुरक्षा फिचर आफ्ना सबै नि:शुल्क तथा सशुल्क प्रयोगकर्ताका लागि बाइ डिफल्ट एक्टिभ हुने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०