close

विण्डोज टेन कम्प्युटरमा यसरी डिलिट गर्नुहोस् प्रोग्राम क्यास फाइल

टेकपाना टेकपाना

मंसिर ४, २०७७ २१:३७

विण्डोज टेन कम्प्युटरमा यसरी डिलिट गर्नुहोस् प्रोग्राम क्यास फाइल

काठमाडौं । कम्प्युटर प्रयोग गर्ने सबैले आफ्नो आवश्यकता अनुसार विभिन्न एप्लिकेसनहरु इन्स्टल गरिरहेका हुन्छन् । तर यसरी धेरैभन्दा धेरै सफ्टवेयर तथा एपहरु कम्प्युटरमा थप गर्दै जाँदा यसले स्टोरेज स्पेस धेरै ओगटिदिन्छ । 

आफ्नो कम्प्युटरमा इन्स्टल भएका अनावश्यक प्रोग्राम र क्यास फाइलहरुलाई हटाउँदा पनि स्टोरेज खाली हुन सक्छ । आज हामी तपाईंलाई विण्डोज टेन कम्प्युटरमा प्रोग्राम क्यास फाइल हटाउने चरणबद्ध तरिका सिकाउने छौं । 

विण्डोज टेन पीसीबाट प्रोग्राम फाइल हटाउने विधि 

१. सबैभन्दा पहिले लोकल एप डेटा फोल्डर आफ्नो विण्डोज टेनमा खोल्नुहोस् । यो खोल्नलाई विण्डो प्लस आर की (Windows + R keys) आफ्नो सिस्टममा थिचेर रन विण्डोज खोल्नुहोस् ।

२. रन विण्डोजमा अब %localappdata%’ टाइप गरेर इन्टर की थिच्नुहोस् । 

३. अब टेम्प फोल्डरलाई नेभिगेट गर्नुहोस् । कन्ट्रोल प्लस ए (CTRL + A)कि थिचेर सबै फाइल सेलेक्ट गरी ती सबैलाई डिलिट गरिदिनुहोस् ।

४. अब AppDataLocal नेभिगेट गरेर त्यस फोल्डरमा भएका सबै फाइललाई डिलिट गरिदिनुहोस् । 

५. साथै AppDataLocalPackages लाई नेभिगेट गरेर त्यहाँबाट फाइल डिलिट गरिदिनुहोस् । 

कम्प्युटरबाट यी फाइल डिलिट गर्दा तपाईंको सिस्टममा कुनै असर पर्दैन । यदि तपाईं एप ब्याकअप फाइल डिलिट गर्न चाहनुहुन्छ भने सिधै एपको डाइरेक्टोरीमा जानुहोस् र त्यहाँबाट फाइल डिलिट गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०