close

साओमी स्मार्ट इलेक्ट्रिक केट्ली, फोनबाटै तापक्रम नियन्त्रण गर्न सकिने

टेकपाना टेकपाना

मंसिर ४, २०७७ २०:४६

साओमी स्मार्ट इलेक्ट्रिक केट्ली, फोनबाटै तापक्रम नियन्त्रण गर्न सकिने

काठमाडौं । प्रविधि कम्पनी साओमीले स्मार्टफोनका अलावा कयौं होम अप्लाइन्सका सामग्री समेत उत्पादन गर्दै आएको छ । यस्तैमा कम्पनीले स्मार्ट इलेक्ट्रिक केट्ली ल्याएको छ । साओमीका मिजिटा लाइनअपको नयाँ प्रडक्टको रुपमा मिजिटा मल्टी फङ्सनल स्मार्ट इलेक्ट्रिक केट्ली ल्याएको हो ।

यसको मूल्य १६९ युआन अर्थात करिब ३१ सय रुपैयाँ रहेको छ । नयाँ मिजिटा प्रडक्टले थुप्रै प्रकारका रेसिपी बनाउने सजिलो तरिका दिने गर्दछ ।

यसमा १० अलग अलग प्रकारका पावर एडजस्मेन्ट सेटिङ दिइएको छ । १०० वाट स्लो सिमरिङदेखि लिएर एक हजार वाट हाई पावर हिटिङसम्मको रेञ्ज यसमा रहेको छ ।

यो डिभाइस ब्युल्ट इन प्रग्राम तथा रेसिपिका साथ आएको छ । जसलाई चिया, सुप लगायतका अन्य रेसिपीका लागि अप्टिमाइज गरिएको छ ।

यसको अर्को खास विशेषता के छ भने साओमीको स्मार्ट इलेक्ट्रिक केट्लीको डिजाइन निकै साधारण देखिन्छ र यो पारदर्शी बडीका साथ आउँदछ । हेर्दा यो अन्य सामान्य केट्ली जस्तै लाग्छ ।

तर यसमा रहेका फिचरले यसलाई एड्भान्स र स्मार्ट बनाइदिएको छ । साओमीले मल्टिफंसनल स्मार्ट इलेक्ट्रिक केट्लीमा एक प्रिभेन्सन कन्ट्रोल सिस्टम राखेको छ, जसको सहयोगमा प्रयोगकर्ताले तापक्रमलाई ४५ डिग्री सेल्सियसदेखि ८५ डिग्री सेल्सियसको बीचमा राख्न सक्दछन् ।

साओमीको यो नयाँ स्मार्ट केट्लीमा करिब १२ घण्टासम्म तापक्रम मिलाएर राख्न सकिन्छ । एउटा स्मार्ट प्रडक्टको रुपमा मल्टिफंसनल स्मार्ट इलेक्ट्रिक केट्लीलाई स्मार्टफोनबाट समेत नियन्त्रण गर्न सकिन्छ ।

यसका लागि मिजिटा मोबाइल एप इन्स्टल गर्नुपर्ने हुन्छ । एपको सहयोगमा तपाईंले टाइमर सेट गर्नुका अलावा रियल टाइम चापक्रम समेत मिलाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०