काठमाडौं । गुगलको म्यासेजिङ एपमा अब इन्ड टु इन्ड इन्क्रिप्सन प्राप्त हुने भएको छ । गुगल म्यासेजमा इन्ड टु इन्ड इन्क्रिप्सन आउँदा प्रयोगकर्ताको म्यासेज अर्को तेस्रो पक्षले पढ्न सक्नेछैन ।
जसमा अदालत र प्रहरीको समेत केही लाग्ने छैन । गुगल म्यासेजमा इन्ड टु इन्क्रिप्सन लागु हुँदा गुगल कम्पनीले समेत त्यस्ता म्यासेजमा एक्सेस बनाउन सक्ने छैन ।
गुगलले पछिल्लो केही समयदेखि एसएमएसलाई रिच कम्युनिकेसन सर्भिस अर्थात आरसीएसमा अपग्रेड गर्दैछ । जसमार्फत तस्वीर तथा भिडियो पठाउन सहज हुनेछ ।
ह्वाट्सएप र टेलिग्राम जस्ता इन्स्ट्यान्ट म्यासेजिङ एपमा समेत इन्ड टु इन्ड इन्क्रिप्सन दिइएको छ । इन्ड टु इन्क्रिप्सन प्रयोगकर्ताको गोपनीयताका लागि निकै उपयोगी सावित हुने गरेको छ ।
गोप्यतामा बढी संवेदनशील हुनेहरुका लागि यस किसिमको प्रविधि युक्त प्लेट फर्म नै रोजाइको विषय बन्ने गरेका छन् । गुगल म्यासेजको यो सुविधा हाललाई बिटा चरणमा छ र चाँडै सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि यो अपडेट जारी हुने बताइएको छ ।
गुगल म्यासेज एप तपाईंले प्ले स्टोरबाट सहजै डाउनलोड गर्न सक्नुहुन्छ । केही स्मार्टफोनमा पहिलेदेखि नै यो एप इन्स्टल भएर रहेको हुन्छ भने नहुनेहरुले आफैं इन्स्टल गर्न समेत सक्छन् ।
यदि तपाईंको मोबाइलमा यो एप छैन भने यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।