close

वायरलेस कम्युनिकेशनको प्याटेन्ट दर्ता गर्नेमा ह्वावे सबैभन्दा अघि

टेकपाना टेकपाना

मंसिर ७, २०७७ ११:४३

वायरलेस कम्युनिकेशनको प्याटेन्ट दर्ता गर्नेमा ह्वावे सबैभन्दा अघि

काठमाडौं । वायरलेस कम्युनिकेशन अन्तर्गत प्याटेन्ट दर्ता गराउनेमा चिनियाँ टेक जायन्ट ह्वावे टेक्नोलोजी सबैभन्दा अघि रहेकाे खुलासा भएकाे छ । सन् २०२० अक्टोबरसम्मको तथ्याङ्क अनुसार ह्वावेले अमेरिकी कम्पनी क्वालकमलाई पछि पारेको छ ।

यस्ताे डेटा उपलब्ध गराउने संस्था इन्कोप्याटका अनुसार सेन्जेमा अवस्थित ह्वावेले जनवरीदेखि अक्टोबरसम्म कुल ८ हजार ६ सय ७ ओटा वायरलेस प्याटेन्ट दर्ता गराएको छ ।

वायरलेसमा प्याटेन्ट दर्ता गराउने दोस्रो नम्बरमा रहेको क्वालकमले उक्त अवधिमा कुल पाँच हजार ८०७ ओटा प्याटेन्ट दर्ता गराएको उल्लेख गरिएको छ । इन्कोप्याटका अनुसार अनुसार यो सूचीको तेस्रो नम्बरमा चिनियाँ कम्पनी ओप्पो रहेको छ ।

ओप्पोले उक्त अवधिमा कुल ५ हजार ३५३ ओटा वायरलेस प्याटेन्ट दर्ता गराएको छ । तर, यसरी प्याटेन्ट दर्ता गराउने देशका आधारमा भने अमेरिका र चीन बराबरीमा रहेका छन् । उक्त संस्थाका अनुसार उक्त अवधिमा दर्ता भएको कुल प्याटेन्टमा अमेरिका र चीन दुवैको ३२ प्रतिशत रहेको छ ।

त्यस्तै जापानको १५ प्रतिशत र दक्षिण कोरियाको ७ प्रतिशत रहेको छ । यसरी प्याटेन्ट दर्ता हुनेमा सबैभन्दा बढी फाइभजीसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०