नेपाली पब्जी टिम एबररप्ट स्लेयर, तस्वीर: अमन जैशवाल
काठमाडौं । भाेलि मंगलबारदेखि युएईमा पब्जी गेमकाे ग्लाेबल च्याम्पिनयशिप हुँदै छ । चार हप्तासम्म सञ्चालन हुने च्याम्पियनमा नेपालका दुई पब्जी टिम एबररप्ट स्लेयर र दी रियल साेल्डर्स (डीआरएस गेमिङ) प्रतिस्पर्धा गर्दै छन् ।
यसअघि पनि नेपाली पब्जी टिम एबररप्ट स्लेयरले पब्जी मोबाइल प्रो लिग साउथ एसियाको उपाधि जित्दै ग्लाेबल च्याम्पियनशिपका लागि स्थान बनाएकाे थियाे । गत कार्तिकमा आयोजना भएको सो प्रतिस्पर्धामा याे टिमले ४० हजार डलर अर्थात् ४७ लाख ४० हजार रुपैयाँ जित्न सफल भएको थियाे
सोही प्रतियाेगिताकाे दोस्रो स्थानमा आएको दी रियल सोल्डरले पनि ग्लाेबल च्याम्पियनशिपमा सहभागिता जनाउँदै छ । याे टिमले साउद एसिया छनाेट हुँदै २० हजार डलर अर्थात् २३ लाख ७० हजार नेपाली रुपैयाँ जित्न सफल भएको थियो ।
24 best teams will prepare to take the battleground for a chance at the 2,000,000 USD prizepool in the @PUBGMOBILE Global Championship Season Zero! #PMGC
पब्जी मोबाइल ईस्पोर्ट्स इतिहासमा यो सबैभन्दा ठूलो प्रतियाेगिता हो । प्रतिस्पर्धामा विभिन्न देशका २४ टिमले च्याम्पियनसिप पोइन्टका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यो च्याम्पियनशिपको विजेताले २३ करोड ७० लाख रूपैयाँ हात पार्ने छ । तीन ग्रुपमध्ये नेपालकाे एबरप्ट स्लेयर लिगकाे ग्रुप ‘बी’ मा छ भने डीआरएस गेमिङ ग्रुप ‘ए’ मा छ ।
यी टिमबीच हुँदै छ प्रतिस्पर्धा
1.)Aerowolf LIMAX ( Indonesia SEA)
2.) PW88 KPS ( Thailand, SEA)
3.) Loops Esports (Brazil, Americas)
4.)DRS Gaming (Nepal, SA)
5.)Team GODSENT (Sweden, Europe)
6.)NOVA Esports (China)
7.) ArCRESTART (South Korea)
8.) BLUE BEES (Japan)
9.)Secret Jin ( Thailand, SEA)
10.) Abrupt Slayers (Nepal, SA)
11.) The Unnamed (Vietnam, Americas)
12.) Klas Digital Athletics (Turkey, Europe)
13.) Four Angry Men (China)
14.) Zeus Esports (Mongolia)
15.)A7 Esports (Brazil, Americas)
16.) Konina Power (CIS)
17.) RRQ Athena (Thailand, SEA)
18.) Execute Esports (USA, Americas)
19.) Natus Vincere (CIS)
20.) Bigetron RA (Indonesia, SEA)
21.) Futbolist (Turkey, Europe)
22.) Team Secret (Malaysia, SEA)
23.)A1 Esports (Bangladesh, SA)
24.) Elites united team (Invitational slot: MEA Region)