close

चार वटा क्यामेरा सहित नोकिया ५.४ सार्वजनिक हुने, यस्ता छन् अन्य फिचर

टेकपाना टेकपाना

मंसिर २१, २०७७ २०:१७

चार वटा क्यामेरा सहित नोकिया ५.४ सार्वजनिक हुने, यस्ता छन् अन्य फिचर

काठमाडौं । नोकिया नोकिया ५.४ स्मार्टफोन अमरिकी एफसीसी लिस्टिङमा देखा परेको छ । यो लिस्टिङबाट कथित नोकियाको आउँदै गरेको स्मार्टफोनका स्पेसिफिकेसन र डिजाइनको खुलासा भएको छ ।

नोकियाको यो फोन मोडल नम्बर टीए-१३४० का साथ एफसीसीको वेबसाइटमा सूचीकृत भएको छ । बाहिरिएका खबरहरु अनुसार यो फोन नोकिया ५.४ हो ।

यो लिस्टिङबाट ह्याण्डसेटका पार्टस्, डिजाइन, क्यामेरा प्लेसमेन्ट आदि जानकारी थाहा हुन आएको छ । हालै मात्र एक रिपोर्टमा नोकिया ५.४ चाँडै नै सार्वजनिक हुने दाबी गरिएको थियो ।

तर नोकियाले भने यस विषयमा हालसम्म कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । यो नोकिया फोनको एफसीसी लिस्टिङमा एउटा स्केच देख्न सकिन्छ ।

यसमा पार्ट्स, क्यामेरा मोड्युल, फ्रन्ट प्यानल लगायतका विवरणका साथै लेआउटको आउटलाइन गरिएको छ । जसअनुसार नोकियाको यो फोनमा फ्ल्याट डिस्प्ले हुनेछ ।

स्क्रिनमा सबैभन्दा माथि बायाँ कुनामा सेल्फी क्यामेराका लागि होल पञ्च कटआउट देखिन्छ । ह्याण्डसेटमा सबैभन्दा माथि एउटा इयरपिस, माइक्रोफोन र ३.५ एमएम हेडफोन ज्याक दिइएको छ ।

यसैगरी तलको भागमा एउटा स्पिकर ग्रिल छ । फोनमा दायाँतर्फको किनारामा भोलुम तथा पावर बटन दिइएको छ । त्यसै बाँयाँतर्फ एउटा छुट्टै गुगल असिस्टेन्ट बटनका साथै सिम ट्रे राखिएको छ ।

नोकिया ५.४ मा डुअल सिम सपोर्टका साथै एउटा छुट्टै माइक्रो एसडी कार्ड स्लट समेत रहनेछ । ह्याण्डसेटमा पछाडि भागमा एउटा सर्कुलर क्यामेरा मोड्युल हुनेछ ।

यो फोनमा चारवटा लेन्स हुनेछन् । फोनमा क्यामेरा मोड्युलको तलतर्फ एउटा फिंगरप्रिन्ट स्क्यानर समेत देख्न सकिन्छ । यस बाहेक युजर म्यानुअलमा डिभाइसको मोडल नम्बर टीए-१३३३/टीए-१३४० छ ।

जसबाट टीए-१३३३ नोकिया ५.४ को एउटा भेरियन्ट भएको अन्दाज गरिएको छ । लिस्टिङबाट फोनमा २.४ गिगाहर्ज वाईफाई, एलटीई, ब्लुटुथ र ४००० एमएएच क्षमताको ब्याट्री हुने समेत थाहा हुनआउँछ ।

यस अघि आएको खबरमा नोकिया ५.४ स्मार्टफोनमा ६.४ इन्चको पञ्चहोल डिस्प्ले हुने बताइएको थियो । यसमा नोकिया ५.३ को तुलनामा थप शक्तिशाली ६६५ प्रोसेसर हुनसक्ने बताइएको छ ।

फोन चार जीबी र्‍याम तथा ६४ र १२८ जीबी स्टोरेज अप्सनका साथ सार्वजनिक हुनेछ । ह्याण्डसेट ब्लू र पर्पल कलरमा उपलब्ध हुने आशा गरिएको छ । १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य करिब ३१ हजार रुपैयाँ पर्ने बताइएको छ ।

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०