close

पोर्नहबसँगको सम्बन्धले भिसा र मास्टरकार्ड विवादमा

टेकपाना टेकपाना

मंसिर २३, २०७७ १२:१५

पोर्नहबसँगको सम्बन्धले भिसा र मास्टरकार्ड विवादमा

काठमाडौं । नेपालमा सेवा दिइरहेका भुक्तानी सेवा प्रदायक कम्पनी भिसा र मास्टरकार्ड विवादमा मुछिका छन् । केही दिनअघि न्यूयोर्क टाइम्सका स्तम्भकार निकोलस क्रिस्टोफरले भिसा र मास्टरकार्डको ‘पोर्नहब’ सँगको सम्बन्धबारेमा लेखेको स्तम्भले उनीहरु विवादमा तानिएका हुन् ।

क्रिस्टोफरले लेखेको उक्त स्तम्भमा अश्लील भिडियो प्रसारण गर्ने साइट ‘पोर्नहब’ सँग भिसा र मास्टरकार्डको गहिरो सम्बन्ध रहेको उल्लेख छ । यी दुई कम्पनीले पोर्नहबलाई बढावा दिन समेत प्रेरित गरिरहेको उल्लेख गरिएको छ ।

‘पोर्नहबलाई आर्थिकरूपमा सबल बनाउनका लागि मास्टरकार्ड र भिसाको ठूलो भूमिका रहेको छ,’ न्यूयोर्क टाइम्समा छापिएको स्तम्भमा भनिएको छ, ‘पोर्नहबमा बदलाको भावनाले भिडियो बनाइएको, सम्बन्धित ब्यक्तिको स्वीकृति बिनै भिडियो हालिको हुन्छ ।’

यसरी अरुको स्वीकृत बिना भिडियो हाल्ने, बदलाको भावना देखाउने खालका क्रियाकलाप प्रेरित गर्ने साइटमा भुक्तानी प्रदायकको रुपमा सेवा उपलब्ध गराएर त्यस्ता साइटलाई अघि बढ्न सहयोग पुर्‍याएको उल्लेख गरिएको छ ।

स्तम्भमार्फत स्तम्भकारले पोर्नहबसँग काम गर्दै आएका सबै भुक्तानी प्रदायक कम्पनीसँग सम्बन्ध तोड्न समेत आग्रह गरेका छन् । उक्त स्तम्भ छापिएपछि भिसा र मास्टरकार्डले यो विषयमा आवश्यक जाँच गर्ने बताएका छन् ।

उनीहरुले यदि स्तम्भमा भनेजस्तै बदलाको भावनाले भिडियो बनाइएको, सम्बन्धित ब्यक्तिको स्वीकृति बिनै भिडियो बनाइएको पुष्टी भएको खण्डमा आफूहरु पोर्नहबसँग सम्बन्ध टोड्न समेत तयार रहेको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०