close

एक वर्षमा ट्रु कलरले पहिचान गर्‍यो १४५ अर्ब ४० करोड अपरिचित कल

टेकपाना टेकपाना

मंसिर २३, २०७७ २१:२१

एक वर्षमा ट्रु कलरले पहिचान गर्‍यो १४५ अर्ब ४० करोड अपरिचित कल

काठमाडौं । ट्रु कलरले गएको एक वर्षको अवधिमा थाहा नभएका एक खर्ब ४५ अर्ब ४० करोड अपरिचित कल पहिचान गरेर आफ्ना प्रयोगकर्तालाई सघाएको छ । जुन गत वर्षको तुलनामा जसमा एक अर्ब ५० करोड युनिक नम्बर रहेको बताइएको छ ।

यस अवधिमा एपले ३१.३ अर्ब स्पाम कल तथा १२.८ अर्ब स्पाम म्यासेजलाई ब्लक गरिदिएको दाबी समेत आफ्नो वार्षिक प्रतिवेदनमा गरेको छ ।  ट्रु कलरका अनुसार यस्ता स्पाम कलहरु बिहान ८ बजे देखि दिउँसो एक बजेको बीचमा बढी आउने गरेका छन् ।

कम्पनीले स्पाम कलबाटे धेरै प्रभावित हुने २० मुलुकको सूची समेत सार्वजनिक गरेको छ । खुशीको कुरा के छ भने ती २० देशको सूचीमा नेपाल भने परेको छैन ।

ट्रु कलरका अनुसार सबैभन्दा धेरै स्पाम कलबाट प्रभावित हुने टप फाइभ मुलुकमा ब्राजिल, अमेरिका, हङ्गेरी, पोल्याण्ड र स्पेन रहेका छन् । यस्तै छिमेकी मुलुक भारत यो सूचीको नवौं स्थानमा छ ।

ट्रु कलरले विगत तीन वर्षदेखि हरेक साल स्पाम कलबाट धेरै प्रभावित हुने २० मुलुकको सूची सहितको विस्तृत विवरण सार्वजनिक गर्दै आएको छ । कम्पनीका अनुसार स्पाम कल ठूलो समस्या रहेको र यसबाट विश्वभरका प्रयोगकर्ता प्रभावित हुने गरेका छन् ।

कोरोना भाइरसको महामारीको समयमा झन् अपराधीहरुले स्पाम कलमार्फत करौडौं प्रयोगकर्तालाई ठगी गर्न सफल भएका छन् । गत मे महिना देखि प्रति महिना औषत रुपमा ९.७ प्रतिशतका दरले स्पाम कलहरु बृद्धि हुँदै गएको ट्रु कलरको प्रतिवेदनमा उल्लेख छ । ट्रु कलर एपमा विश्वभर हाल २५ करोडले सक्रिय प्रयोगकर्ता छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०