close

शक्तिशाली ७००० एमएएच ब्याट्री भएको सामसङ एम ५१ नेपालमा, यस्ता छन् अन्य फिचर

टेकपाना टेकपाना

मंसिर २९, २०७७ १५:५

शक्तिशाली ७००० एमएएच ब्याट्री भएको सामसङ एम ५१ नेपालमा, यस्ता छन् अन्य फिचर

काठमाडौं । गएको भदौ महिनामा विश्व बजारमा सार्वजनिक भएको सामसङ ग्यालेक्सी एम फिफ्टी वान स्मार्टफोन नेपाली बजारमा आएको छ । स्मार्टफोनमा लामो समयसम्म कुराकानी गर्ने र फोनमै कार्यालयको काम समेत गर्नमिल्ने स्मार्टफोनको रुपमा यो फोन ल्याइएको हो ।

एम सिरिज अन्तर्गत यो फोनको नेपाली प्रयोगकर्ताले समेत प्रतिक्षा गरिरहेका थिए । तर, अब प्रतिक्षाको घडी समाप्त भएको छ ।

७००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री रहेको यो स्मार्टफोनमा फोटोग्राफीका लागि पछाडि भागमा क्वाड क्यामेरा सेटअप (चार वटा क्यामेरा भएको) दिइएको छ । यो फोनमा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ ।

प्लास्टिकको फ्रेम प्रयोग गरिएको यो फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ । क्वालकम स्न्यापड्रागन ७३० जी प्रोसेसरमा आधारित यो फोन ६ र ८ जीबी र्‍याम भेरियन्ट तथा १२८ जीबी इन्टरनल मेमोरीका साथ बजारमा आएको हो ।

फोनमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर, ५ मेगापिक्सेलको म्याक्रो लेन्स र ५ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । यसैगरी यो फोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

फोनमा सामसङले कम्पनीकै आजसम्मको शक्तिशाली अर्थात ७००० एमएएच क्षमताको ब्याट्री राखेको छ । जसमा २५ वाटको फास्ट चार्जिङ सपोर्ट समेत रहेको छ । कम्पनीका अनुसार यो फोन नेपाली बजारमा कालो र सेतो रंगमा उपलब्ध हुनेछ ।

यसको बजार मूल्य ६/१२८ जीबीका लागि ३९ हजार ९९९ र ८/१२८ जीबीको ४३ हजार ९९९ रुपैँया तोकिएको छ । यो फोन मंगलबारदेखि बजारमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४