close

भाइबर एपबाटै यसरी गर्नुहोस् मोबाइल रिचार्ज

टेकपाना टेकपाना

पुस १, २०७७ १६:४५

भाइबर एपबाटै यसरी गर्नुहोस् मोबाइल रिचार्ज

काठमाडौं । अब भाइबरमा कुराकानी गर्दागर्दै पैसा पठाउन सकिने भएको छ । यसका लागि राकुटेन भाइबर र ई–सेवाबीच बुधबार सम्झौता भएको हो ।

यस सम्झौतासँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो ईसेवा खाता भाइबरसँग लिंक गराउन सक्नेछन् । जसबाट मोबाइल टपअप गर्न तथा अन्य व्यक्तिको ईसेवा खातामा रकम पठाउन सकिनेछ ।

यसरी भाइबरबाट रक पठाउँदा सुरक्षित र भरपर्दो तरिका अपनाइएको छ । भाइरबरमा ई–सेवा लिंक गर्ने तरिका पनि सहज छ । यहाँ हामी तपाईंलाई त्यसो बारेमा बताउँदै छौं ।

त्यसका लागि सुरुमा भाइबर एप खोल्नुहोस् र कुनै एक जना साथिसँगको च्याटबक्समा जानुहोस् ।
उक्त च्याटबक्स खोलेसँगै च्याटको तल तपाईंले ‘जीआईएफ’ अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गर्नुहोस् ।

अब तपाईंले त्यहाँ ईसेवाको लोगो देख्नुहुनेछ । उक्त लोगोमा क्लिक गर्नुहोस् ।


त्यहाँ तपाईंले ‘रजिस्टर’ भन्ने अप्सन देख्नहुनेछ । त्यहाँ क्लिक गरी आफ्नो मोबाइल नम्बर रजिस्टर गर्नुहोस् ।


नम्बर रजिस्टर गरेसँगै अब त्यहाँ ‘लिंक अकाउण्ट’ भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा दबाउनुहोस् ।


अब नयाँ ट्यावमा ईसेवा खुल्नेछ । जहाँ तपाईंले आफ्नो ई–सेवा नम्बर र पासवर्ड राखेर लगईन गर्नुपर्ने हुन्छ ।

जब तपाईंले लगईन गर्नुहुन्छ, तब तपाईंको मोबाइलमा ईसेवामार्फत एउटा वान टाइम पासवर्ड (ओटीपी) पिन सहितको म्यासेज आउनेछ । उक्त ओटीपी नम्बर राखेर कन्फर्म गर्नुहोस् ।

कन्फर्म गर्नुअघि त्यसमा रहेको ‘टम्स एण्ड कण्डिसन’ पढेर त्यसमा टिक लगाउन चाहिँ नबिर्सिनुहोस् ।

यति गरेसँगै तपाईंको ईसेवा अकाउण्ट भाइरबरसँग लिंक हुन्छ । अकाउण्ट लिंक भएसँगै त्यहाँ तपाईंले ‘कन्टिन्यु’ अप्सन देख्नुहुनेछ ।

त्यसमा क्लिक गरी अब तपाईंले मोबाइल ‘टपअप’ गर्न र पैसा पठाउन ‘सेण्ड मनी’ मा जानुपर्ने हुन्छ ।

सेण्ड मनीको हकमा भने पैसा पठाउने र प्राप्त गर्ने दुवैसँग ईसेवा अकाउण्ट हुन जरुरी छ । तर, टपअपको हकमा भने तपाईंले जुनसुकै मोबाइल नम्बर रिचार्ज गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४