close

‘कालिमाटीको तरकारी क्यूआरबाट खरिद गर्ने बनाउँछौं’

टेकपाना टेकपाना

पुस ३, २०७७ २०:१७

‘कालिमाटीको तरकारी क्यूआरबाट खरिद गर्ने बनाउँछौं’

काठमाडौं । देशैभरका पसलहरुमा क्यूआरमार्फत सामान खरिदविक्रीको प्रावधान लागु गरिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । कागजी नोटको प्रयोग घटाउँदै डिजिटल भुक्तानीको प्रवद्र्धनका लागि क्यूआरलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यसको सुरुवात भइसकेको बताए । ‘हामी कालिमाटीको तरकारी समेत क्यूआरबाट खरिद गर्ने बनाउँछौं’ उनले भने ।

यसको प्रारम्भिक काम काठमाडौंको नक्सालबाट गर्न लागेको उनले जानकारी दिए । अहिले त्यस क्षेत्रको डेटा लिने काम भइरहेको उनले बताए । ‘हामी देशैभर पसल पसलमा क्यूआरमार्फत नै भुक्तानी गर्ने बनाउँछौं’ उनले भने ।

डिजिटल भुक्तानीले कागजी नोटको प्रयोगमात्र घटाउने नभए देशको सुशासन बढाउने उनका भनाई थियो । कागजी नोटको प्रयोग कम भएका देशमा सुशासन बढी रहेकोले नेपाल पनि त्यसैतर्फ अग्रसर हुने उनले बताए ।

त्यस्तै उनले डिजिटल भुक्तानीका लागि राष्ट्र बैंकबाट अनुमति लिएर बसेका कम्पनीलाई काम नगरी बस्न नदिइने प्रष्ट पारे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४