काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा आवद्ध पेशाकर्मीहरुले बीरगन्जमा दशकै पहिलो लायन्स क्लब अफ आईटी प्रोफेसनल्स गठन गरेका छन् । आईटी उद्यमी दीपक साहको अध्यक्षतामा गठन भएको समितिमा बीरगन्जकै २५ जना विभिनन्न आईटी उद्यमी तथा पेशाकर्मीहरु सदस्यको रुपमा रहेका छन् ।
सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आइरहेका व्यक्तिहरुलाई एउटै छातामुनी ल्याएर सामाजिक क्रियाकलापमा क्रियाशिल गराउन यो संस्था गठन गरिएको नवगठिक समितिका अध्यक्ष दीपक साहले बताए ।
लायन्स क्लब अफ आईटी प्रोफेसनल्स मार्फत हुने सबै सामाजिक क्रियाकलाप सूचना प्रविधिसँग सम्बन्धित हुने उनले बताएका छन् । यस किसिमको संस्था नेपालमा पहिलोपटक बीरगन्जबाट सुरुवात भएको दाबी गरिएको छ । त्यस हिसाबले लायन्स क्लब अफ आईटी प्रोफेनल्सहरुको यो साझा केन्द्रीय संगठन हुने र यसमा देशभरका आईटीको क्षेत्रमा संलग्न व्यक्तिहरु जोडिन सक्ने साहले बताए ।