close

अब फेसबुक म्यासेन्जरबाटै बालबालिकाले सान्टासँग च्याट गर्न पाउने, यस्तो छ तरिका

टेकपाना टेकपाना

पुस ४, २०७७ १४:५

अब फेसबुक म्यासेन्जरबाटै बालबालिकाले सान्टासँग च्याट गर्न पाउने, यस्तो छ तरिका

काठमाडौं । सान्टा क्लज बालबालिकाहरुका लागि अति नै प्रिय नाम हो । क्रिशमस हाम्रो दैलोमै आइरहेको छ । उत्तरी ध्रुवका बालबालिका हातैले पत्र लेखेर सान्टालाई सन्देश पठाउने तयारीमा छन् । कति बालबालिका सान्टालाई हेर्नै भनेर ठूला ठूला मलमा जाने योजना पनि बुनिरहेका छन् । 

कोभिड १९ को महामारीबीच बालबालिकाहरुको क्रिशमशलाई खल्लो बन्न नदिन यस पटक म्यासेन्जरले बालबालिकाहरुलाई सान्टासँग भर्चुअल रुपमा जोड्दैछ । फेसबुकले यो क्रिशमशका लागि आफ्नो म्यासेन्जर किड्समा सान्टासँग च्याट गर्ने फिचर ल्याएको छ । 

तर सान्टाको भूमिकामा भने बालबालिकाका अभिभावकले नै उनीहरुसँग च्याट गर्नु पर्ने फेसबुकले बताएको छ । यो फिचर प्रयोग गर्न निम्न तरिकाहरु छन् । 

  • १. आफ्नो म्यासेन्जर एपमा गएर आफ्नो बच्चाको प्रोफाइलमा ट्याप गर्नुहोस् । 
  • २. अब म्यासेन्जर किड्स कन्ट्रोल ट्याप गरी त्यसभित्र रहेको कन्ट्रोल्समा थिच्नुहोस् ।   
  • ३. अब सान्टा एक्सपिरियन्स ट्याप गरी एड सान्टामा क्लिक गर्नुहोस् । 

यो प्रक्रिया पुरा गरिसकेपछि अभिभावकले आफ्ना बच्चाले सान्टालाई म्यासेज गर्दा नोटिफिकेसन पाउन सक्छन् । बच्चाको अकाउन्ट बनाउने व्यक्तिसँग सान्टालाई आफ्नो कन्ट्याक्टमा एड गरी सान्टाले जसरी म्यासेज गर्न मिल्ने अप्सन हुन्छ । 

तर जनवरी ६ लगत्तै सान्टासँग च्याट गर्ने यो फिचर स्वत: हराएर जानेछ । तपाईंले चाहेको खण्डमा त्यस अगावै पनि सान्टालाई रिमूभ गर्न सक्नुहुन्छ । रिमूभ गरेपछि दुवैतिरको म्यासेन्जरको म्यासेज हराएर जानेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०