close

अमेरिकामाथि अहिलेसम्मकै ठूलो साइबर हमला, घटनामा रुसको हात रहेको आरोप

टेकपाना टेकपाना

पुस ६, २०७७ ९:४१

अमेरिकामाथि अहिलेसम्मकै ठूलो साइबर हमला, घटनामा रुसको हात रहेको आरोप

काठमाडौं । अमेरिकीमाथि अहिलेसम्मकै भ्रष्ट साइबर सुराकी गरेको भन्दै अमरिकी विदेशमन्त्री माइक पोम्पियोले रुसमाथि आरोप लगाएका छन् । अमेरिकी कम्पनी सोलार विण्डले बनाएको एउटा सफ्टवेयरमा निशाना साँध्दै ह्याकिङ हमला भएको थियो । 

लामो समयदेखि चलिरहेको ह्याकिङ प्रकरणको खुलासा भने गत हप्ता मात्र हुन सकेको हो । पोम्पियोले शुक्रबार रुसीरसियालीहरु उक्त गतिविधिमा संलग्न रहेकोमा आफू स्पष्ट रहेको दाबी गरेका छन् । 

तर रुसले भने आफ्नो कथित संलग्नता अस्वीकार गरेको छ । पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त हमलालाई हलुका रुपमा लिएरका थिए ।

बरु उनले घटना नियन्त्रणमा रहेको भन्दै रसियाको भूमिकालाई नजरअन्दाज गर्दै चिनियाँ संलग्नतामा जोड दिएका थिए । ह्याकरहरुको निशाना बनेको उक्त अमेरिकी एजेन्सीले परमाणु हतियारको व्यवस्थापनको काम गर्दै आएको छ ।

तर अमेरिकी ऊर्जा विभागले सशस्त्र सुरक्षा भने कम्प्रोमाइज्ड नभएको बताएको छ । अमेरिका बाहेक बेलायत लगायतका विश्वका अन्य संस्थाहरु समेत ह्याकरहरुको सोही नेटवर्क म्यानेजमेन्ट सफ्टवेयरमार्फत ह्याक भएको पाइएको छ ।

‘ह्याक सनब्रस्ट’ नामक अनुसन्धानकर्ताहरुको समूहले यो अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर हमला भएको विश्लेषण गरेको छ । उसले यो घटना बुझ्नकै लागि मात्र वर्षौं लाग्न सक्ने बताएका छन् । 

वितेका महिनाहरुमा रसियाली ह्याकरहरुले विभिन्न अमेरिकी सरकारी एजेन्सी, निजी कम्पनी र विश्वभरका अन्य सरकार तथा कम्पनीलाई निशाना बनाएका थिए । त्यसै आधारमा यसपटक पनि उसले थर्ड पार्टी सफ्टवेयरको पिस प्रयोग गरी अमेरिकी सरकारी सिस्टमभित्रको कोड इम्बेड गरेको पोम्पियोको दाबी छ । 

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०