close

पुराना दिनको सम्झनाका लागि गुगल फोटोजमा नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

पुस ७, २०७७ ११:२४

पुराना दिनको सम्झनाका लागि गुगल फोटोजमा नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । गुगल म्यापले आफ्नो टाइमलाइन फिचरलाई थप बलियो बनाएको छ । अब तपाईंले आफ्नो कुनै प्रिय दिनलाई पुन: व्यतित गर्न चाहनुहुन्छ भने त्यस दिनका केही सुन्दर फोटोहरुलाई हेर्न सक्नुहुनेछ ।  

२०१५ मा सार्वजनिक भएको टाइमलाइनले गुगल म्यापका प्रयोगकर्ताहरुलाई आफ्नो पुरानो यात्रा, गुगल म्यापमा बाटो खोजेर घुमेको विदाको रमाइलो क्षणलाई हेर्ने मौका गुगल म्यापले प्रदान गर्दछ । 

तर गुगल फोटोजको नयाँ भर्सनसँगै अब कम्पनीले उक्त टाइमलाइन फिचर आफ्नो फोटो म्यानेजमेन्ट सफ्टवेयरका लागि म्यापबाट खरिद गरेको छ ।

अब गुगल म्यापमा जस्तै प्रयोगकर्ताहरुले गुगल स्टोरबाट लोकेसन डेटालाई प्रयोग गरेर आफ्नो स्टेपलाई रिट्रेस गर्न सक्छन् । साथै सोसल मिडिया पोस्टका लागि कुनै पनि तस्वीरलाई कुनै पनि लोकेसनमा ट्याग गर्न सक्छन् । 

यो फिचरलाई प्रयोग गर्न सबैभन्दा पहिले गुगल फोटोज एपको माथि रहेको ‘सर्च’ आइकनमा ट्याप गर्नुपर्दछ । यदि तपाईंले आफ्नो स्मार्टफोन वा ट्याबलेटको गुगल फोटोजमा अप्सन देख्नुभएन भने गुगल प्लेस्टोरमा जानुहोस् र एपको नयाँ भर्सन प्रयोग गरिरहेको सुनिश्चित गर्नुहोस् । 

गुगल फोटोजले तपाईंको लाइब्रेरीबाट गुगल म्याप्स स्टाइल टाइमलाइनमा फोटोहरुलाई म्याप आउट गर्दछ । तर यसका लागि स्मार्टफोनको सट्टर थिच्दा वा गुगल फोटोजमा लोकेसन डेटा थप गर्दा रिलोकेसन डेटा सेभ हुन गुगल फोटोजले अनुमति दिनु पर्दछ । यति भइसकेपछि त्यो तस्वीर कताबाट लिइएको भन्ने कुरा पहिचान गर्दछ । 

जब म्यापलाई तपाईंले जूम गर्नुहुन्छ, तब एउटा पातलो निलो धर्साले तपाईंले हिँडेको त्यस दिनको रुटलाई रिट्रेस गर्दछ । तपाईंले कुनै ठाउँमा कुनै दिन बताउनुभएकाे छ भने लोकेसन डेटाको आधारमा तपाईंले त्यो दिनलाई पुन: जिउन सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०