close

स्मार्टफोनबाट दिशा पत्ता लगाउन यी हुन् उत्कृष्ट कम्पास एप

टेकपाना टेकपाना

पुस ७, २०७७ १६:०

स्मार्टफोनबाट दिशा पत्ता लगाउन यी हुन् उत्कृष्ट कम्पास एप

काठमाडौं । दिशा छुटाउन नसकेर हैरान हुनुहुन्छ भने आफ्नो स्मार्टफोनको भरपुर फाइदा लिनुहोस् । जसरी क्यामेरा, रेडियो, स्मार्ट क्लक, फ्ल्यासलाइट र साउण्ड रेकर्डर तपाईंको स्मार्टफोनमा हुन्छन् । त्यसरी नै स्मार्टफोनमा हुने म्याग्नेटोमिटर सेन्सरले दिशा छुट्याउने कम्पास फिचरलाई एक्टिभ गर्दछ । 

उक्त म्याग्नेटोमिटरले चुम्बकीय फिल्डको शक्ति र दिशालाई मापन गर्न प्रयोग गरिन्छ । यो सेन्सरले पृथ्वीको चुम्बकीय फिल्डलाई विश्लेषण गरेर दिशा पत्तो लगाउन फोनलाई मद्दत गर्दछ । 

तपाईंको फोनमा कम्पास छ त ?

तपाईंको फोनमा म्याग्नेटोमिटर छ त ? पुरानोभन्दा पुरानो फोनमा समेत म्याग्नेटोमिटर हुन्छ । बजारमा यस्ता धेरै एपहरु छन्, जसले यो म्याग्नेटोमिटरको प्रयोग गरी फोनको स्क्रिनमा डिजिटल कम्पास डिस्प्ले गर्दछ । 

कम्पास ग्यालेक्सी 

Cover art

कम्पास ग्यालेक्सी अहिले गुगल प्लेमा उपलब्ध सबैभन्दा उच्च रेटिङ भएको कम्पास एप हो । यसमा कुनै विज्ञापन छैन । यसले एकदमै आधारभूत कम्पास कार्य मात्र गर्दछ । यसले तपाईलाई जहाँ हुँदा पनि दिशा देखाउन सहयोग गर्दछ । यो एप हल्लाविहिन छ । 

जस्ट अ कम्पास

Cover art

जस्ट अ कम्पास मा एउटा सफा र सजिलो इन्टरफेस छ तर यसमा केही थप फिचर पनि छन् । यदि तपाईले अनुमति दिनुभयो भने यसले फोनको लोकेसन सेवाको प्रयोग गर्दछ ।

यसले तपाईंको ठाउँको उचाई, सही लङ्गिच्युड र ल्याटिट्युड, सूर्योदय र सूर्यास्तको समय देखाउँछ । विकट हाइकमा यो एकदमै राम्रो एप हो । 

स्मार्ट कम्पास 

Cover art

यदि तपाईं कम्पासमा स्मार्ट फिचर प्रयोग गर्न चाहनुहुन्छ भने स्मार्ट कम्पास तपाईंको लागि उपयुक्त एप हो । यसले सामान्य कम्पास फङ्सनबाहेक यसले गुगल म्यापमा समेत तपाईंलाई यो एप प्रयोग गर्ने सुविधा दिन्छ ।

यस एपको प्रो भर्सन प्रयोग गर्न तपाईंले ०.९९ डलर भुक्तानी गर्नुपर्छ । जसमा स्पिडोमिटर र एसएमएस र ईमेलसँग समायोजन हुने जीपीएस पठाउने अप्सन छ । 

कम्पास बार आर. एप्स

Cover art

यदि तपाईंलाई आधुनिक देखिने किसिमको ह्वाइट अन ब्ल्याक डिजिटल कम्पास चाहिएको हो भने कम्पास आर. एप्स प्रयोग गर्नुहोस् । यो एकदमै राम्रो र एक्युरेट एप हो । यसमा अन्य एपमा पनि नभएका कुराहरु पाउन सकिन्छ । 

तर कम्पास एपलाई राम्रोसँग प्रयोग गर्नुअघि तपाईंले आफ्नो फोनको म्याग्नेटिक सेन्सर मिलाउनु पर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०