close

‘वाईफाई सिक्स ई’का साथ आईफोन थर्टिन आउने आँकलन

टेकपाना टेकपाना

पुस ११, २०७७ १६:२३

‘वाईफाई सिक्स ई’का साथ आईफोन थर्टिन आउने आँकलन

काठमाडौं । यस वर्ष सार्वजनिक भएको आईफोन ट्वेल्भ लाइनअपमा वाईफाई सिक्स रहेको थियो । आगामी वर्षको सेप्टेम्बर महिनाभित्र आउने आईफोन थर्टिन सिरिजले भने वाईफाई सिक्स ई स्ट्याण्डर्डलाई सपोर्ट गर्ने बारक्लेजका विश्लेषकहरुले आँकलन गरेका छन् । 

वाईफाई सिक्स ईमा पनि वाईफाई सिक्सकै फिचर हुनेछन् । तर यो सिक्स गिगाहर्जको फ्रिक्वेन्सी ब्याण्डमा विस्तार हुनेछ । यसमा धेरै ब्याण्डविथ हुनेछ जसका कारणा सपोर्टेड डिभाइसमा कम अवरोध हुनेछ । 

बारक्लेजका विश्लेषकहरुका अनुसार आईफोन थर्टिन मोडलमा नयाँ पावर कन्भर्सन चिप हुनेछ । उक्त चिप सिरस लोजिक कम्पनीले निर्माण गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०