close

यस्ता छन् अहिलेसम्मकै उत्कृष्ट सेल्फी क्यामेरा भएका टप टेन स्मार्टफोन

टेकपाना टेकपाना

पुस ११, २०७७ २०:३९

यस्ता छन् अहिलेसम्मकै उत्कृष्ट सेल्फी क्यामेरा भएका टप टेन स्मार्टफोन

मोबाइल प्रविधिको विकाससँगै पछिल्ला केही वर्षमा ‘सेल्फी’ शब्दावली काफी प्रचलनमा छ । कुनै नयाँ स्मार्टफोन खरिद गर्दा धेरै जसो प्रयोगकर्ताको ध्यान त्यसमा रहेको क्यामेरामै जाने गर्दछ ।

त्यसो त स्मार्टफोन निर्माता कम्पनीहरु समेत क्यामेराबाटै प्रयोगकर्ताहरुलाई आफूतिर तान्ने होडमा लागिपरेका छन् । यस्तोमा मुख्य क्यामेरासँगै सेल्फीको चर्चा पनि हुने नै भयो ।

यसअघि हामीले उत्कृष्ट मेन क्यामेरा भएका टप टेन स्मार्टफोनको विषयमा चर्चा गरेका थियौं । तर अहिले बजारमा रहेका फोनहरुमा सेल्फीका लागि उत्कृष्ट कुन त ?

यदि तपाईंको मनमा पनि यही प्रश्न छ भने तपाईं अहिले सही स्थानमा हुनुहुन्छ । अहिले बजारमा आउने सबैजसो स्मार्टफोनमा सेल्फी क्यामेरा त रहेकै हुन्छ ।

तर यस्तोमा सेल्फीका लागि सबैभन्दा उत्कृष्टचाहिँ कुन होला ? आज हामी यहाँ उत्कृष्ट सेल्फी क्यामेरा भएका टप टेन स्मार्टफोनको बारेमा बताउँदै छौं । जुन उत्कृष्टताको आधारमा मोबाइल क्यामेराको र्‍याङ्किङ गर्ने डीएक्सओ मार्कको सूचीमा आधारित छ ।

१. ह्वावे मेट फोर्टी प्रो

ह्वावे मेट फोर्टी प्रोको सेल्फी क्यामेरा

सेल्फी क्यामेरामा सबैभन्दा अब्बल ठहरिएको ह्वावे मेट फोर्टी प्रो १०४ अंकका साथ पहिलो नम्बरमा रहेको छ । ह्वावेले यो फोनमा अल्ट्रा भिजन सेल्फी क्यामेरा राखेको छ ।

जुन गेस्चर सेन्सर युक्त वाइड एंगल क्यामेरा हो । १३ मेगापिक्सेलको यो क्यामेरामा रहेको एडप्टिभ सेल्फी मोडले तीन फरक प्रकारका वाइड एंगल सपोर्ट गर्दछ ।

यदि तपाईं ग्रुपफी अर्थात समूहमा सेल्फी लिँदै हुनुहुन्छ भने क्यामेराले आफै सेन्स गरेर उपयुक्त वाइड एंगल मोड एक्टिभ हुने गर्दछ ।

२. ह्वावे पी फोर्टी प्रो

ह्वावे पी फोर्टी

उत्कृष्ट सेल्फी क्यामेरा भएको मोबाइलको सूचीमा ह्वावेकै पी फोर्टी प्रो रहेको छ । जसको स्कोर १०३ रहेको छ । यसमा ३२ मेगापिक्सेलको एचडी क्यामेरा राखिएको छ ।

जसमा अटोफोकस र आईआर डेप्थ सेन्सर दिइएको छ । यसबाट ४ के भिडियो समेत खिच्न सकिन्छ ।

३. असुस जेनफोन सेभेन प्रो

असुस जेनफोन सेभेन प्रो

उत्कृष्ट सेल्फी क्यामेरामा तेस्रो स्थान असुस जेनफोन सेभेन प्रोले ओगटेको छ । जसले १०१ अंक बटुलेको छ ।

सेल्फीका लागि मोटोराइज फ्लिप अप क्यामेरा मोड्युल प्रयोग गरिएको छ । जसबाट एटके सम्मको सेल्फी भिडियो खिच्न सकिन्छ भने अल्ट्रा वाइड भिडियो फोरकेसम्म खिच्न मिल्छ ।

४. सामसङ ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा फाइभजी (एक्सिनस)

सामसङ ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा

उत्कृष्ट सेल्फी क्यामेरा भएको स्मार्टफोनको सूचीमा दक्षिण कोरियाली कम्पनी सासङले निकालेको एस ट्वान्टी अल्ट्रा चौथो नम्बरमा पर्न सफल भएको छ । जसको स्कोर १०० रहेको छ ।

यो फोनमा ४० मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । जसबाट ३०/६० एफपीएसमा फोरके भिडियो तथा ३० एफपीएसमा १०८० पीमा एचडी भिडियो रेकर्ड गर्न सकिन्छ ।

५. सामसङ ग्यालेक्सी नोट ट्वान्टी अल्ट्रा फाइभजी (एक्सनस)

सामसङ ग्यालेक्सी नोट ट्वान्टी अल्ट्रा फाइभजी

यो सूचीको पाँचौं स्थानमा समेत सामसङकै अर्को स्मार्टफोन सामसङ ग्यालेक्सी नोट ट्वान्टी अल्ट्रा फाइभजी (एक्सिनस) रहेको छ । जसको स्कोर समेत १०० नै रहेको छ ।

यसमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । एफ/२.२ तथा २६ एमएम वाइड एंगल लेन्स रहेको यो क्यामेराबाट फोरकेसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ ।

६. ह्वावे नोभा सिक्स फाइभजी

ह्वावे नोभा सिक्स फाइभजी

उत्कृष्ट सेल्फी क्यामेरा भएको स्मार्टफोनको छैटौं नम्बरमा ह्वावे नोभा सिक्स फाइभजी परेको छ । जसले १०० स्कोर पाएको छ ।

यसमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्स सहित ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । जसबाट १०५ डिग्रीमा सेल्फी लिन सकिन्छ ।

७. सामसङ ग्यालेक्सी नोट टेन प्लस फाइभजी (एक्सिनस)

सामसङ ग्यालेक्सी नोट टेन प्लस फाइभजी

सामसङकै अर्को स्मार्टफोन ग्यालेक्सी नोट टेन प्लस फाइभजी (एक्सिनस) उत्कृष्ट सेल्फी क्यामेरा भएको मोबाइलको सातौं स्थानमा छ । जसको अंक ९९ रहेको छ ।

यो फोनमा १० मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । जसबाट फोरकेसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ ।

८. एप्पल आईफोन ट्वेल्भ प्रो म्याक्स

आईफोन ट्वेल्भ प्रो म्याक्स

एउटा अनौठो कुरा प्रिमियम स्मार्टफोन निर्माता कम्पनी एप्पलको आईफोनको उत्कृष्ट सेल्फी क्यामेरा भएको स्मार्टफोन मुस्किलसँग सूचीको ८ औं स्थानमा परेको छ । जसले ९८ स्कोर मात्रै पाउन सकेको छ ।

यसमा बायोमेट्रिक तथा डेप्थ सेन्सर सहित १२ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । जसबाट फोरकेसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ ।

९. एप्पल आईफोन ट्वेल्भ प्रो

आईफोन ट्वेल्भ प्रो

एप्पलकै अर्को स्मार्टफोन आईफोन ट्वेल्भ प्रो सेल्फी क्यामेराको दौडमा ९ औं स्थानमा छ । यसले समेत आईफोन ट्वेल्भ प्रो म्याक्सकै समान ९८ अंक पाएको छ ।

यसमा समेत बायोमेट्रिक तथा डेप्थ सेन्सरसँगै १२ मेगापिक्सेलकै सेल्फी क्यामेरा राखिएको छ । जसबाट ३० तथा ६० एफपीएसमा फोरके भिडियो शुट गर्न सकिन्छ ।

१० असुस जेनफोन सिक्स

असुस जेनफोन सिक्स

असुस जेनफोन सिक्स यो सूचीको दशौं नम्बरमा पर्न सफल भएको छ । यसले समेत ९८ अंक नै पाएको छ ।

यो फोनमा मोटोराइज्ड फ्लिप अप सेल्फी क्यामेरा प्रयोग गरिएको छ । जसबाट फोरकेसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०