close

भर्चुअल म्युजिक कन्टेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

पुस १२, २०७७ १३:५९

भर्चुअल म्युजिक कन्टेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । नेपालमा पहिलोपटक भर्चुअल म्युजिक कन्टेस्ट खुकुरी म्युजिक नेसन आयोजना हुँदैछ ।

उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहनेहरुले  आउँदो पुस १७ (जनावरी १) भित्र आफूले गीत गाएको भिडियो खुकुरी म्युजिकको वेबसाइटमा अपलोड गर्नुपर्नेछ । 

वेबसाइटमा रहेको इन्टर नाउ बटनमा ट्याप गरेर आफ्नो विवरण भरी भिडियो अपलोड गर्नुपर्नेछ । विजेताले ११ लाख रुपैयाँसम्मको म्युजिकल कन्ट्रयाक्ट पाउने आयोजकले बताएको छ ।

उक्त भर्चुअल म्युजिकल कन्टेस्टको जज भने युवाहरुमाझ लोकप्रिय गायक तथा गायिकाहरु सविन राई, विपुल क्षेत्री र समृद्धि राईले गर्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०