close

टेलिकमको एफटीटीएच सेवा ३९ जिल्लामा विस्तार

टेकपाना टेकपाना

पुस १८, २०७७ ९:६

टेलिकमको एफटीटीएच सेवा ३९ जिल्लामा विस्तार

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले तीव्र रुपमा फाइबर टु दी होम (एफटीटीएच) इन्टरनेट सेवा विस्तार गरिरहेको छ । छोटो समयमा धेरै ग्राहक संख्या विस्ता गरिरहेको टेलिकमले हालसम्म ३९ जिल्लामा एफटीटीएच सेवा विस्तार गरेको जनाएको छ ।

शुक्रबार आयोजित आईपी टिभी उद्घाटन कार्यक्रममा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले एफटीटीएच सेवा विस्तारमा कम्पनी पहिलो नम्बरमा रहेको उल्लेख गरे ।

उनले यो सेवाको विस्तारले नेपाल सरकारको डिजिटल नेपाल स्थापना गर्ने अभियानमा सहयोग पुग्ने र डिजिटल रुपान्तरणमा प्रभावकारी योगदान पुग्ने बताए ।

कम्पनीले निकट भविष्यमा देशभर तीन लाख ५० हजार लाइन क्षमताको एफटीटीएच नेटवर्क बनाउने योजना अगाडि सारेको छ । हाल टेलिकमको एफटीटीएच सेवा देशका विभिन्न ७३ स्थानमा उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०