काठमाडौं । सस्तो फोनमा समेत फाइभजी उपलब्ध गराउने उद्देश्यका साथ क्वालकमले नयाँ चिपसेट सार्वजनिक गरेको छ । कम्पनीले सस्तो फोनमा पनि उच्च गतिको इन्टरनेट सर्पोट गर्ने गरी नयाँ चिपसेट ‘स्न्यापड्रागन ४८० फाइभजी’ सार्वजनिक गरको हो ।
यसअघि सबैभन्दा सस्तो फाइभजी फोनको रुपमा मोटोरोलाले ‘मोटाे जी फाइभजी’ सार्वजनिक गरेको थियो । जसमा स्न्यापड्रयागन ७५० जी प्रोसेसर रहेको थियो । जसको बजार मूल्य नेपाली बजारमा ३२ हजार रूपैयाँकाे हाराहारीमा रहेको थियो ।
त्यस्तै वानप्लस नोर्ड र भिभो भी २० पनि फाइभजी फोनको रुपमा सस्तो स्मार्टफोनका रुपमा आएका थिए । तर, अब भने २० हजार रूपैयाँ तलका स्मार्टफोनले पनि फाइभजी सर्पोट गर्ने गरी क्वालकमले स्न्यापड्रागन ४८० फाइभजी चिपसेट सार्वजनिक गरेको हो ।
यसले उच्च गतिको मोबाइल इन्टरनेट फाइभजी सबैको पहुँचमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।