close

१४ सय ५८ रुपैयाँमा क्लासिक टेकको ४० एमबीपीएस इन्टरनेट, सेटअप बक्सदेखि जडान खर्च निःशुल्क

टेकपाना टेकपाना

पुस २२, २०७७ १४:२१

१४ सय ५८ रुपैयाँमा क्लासिक टेकको ४० एमबीपीएस इन्टरनेट, सेटअप बक्सदेखि जडान खर्च निःशुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले ग्राहकका लागि १४ सय ५८ रुपैयाँमा ४० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ ।

यो मूल्यमा इन्टरनेट सेवा लिँदा ग्राहकले अतिरिक्त खर्च बेहोर्नुनपर्ने भएको छ । यस अनुसार ग्राहकले २ आईपीटीभी (३६ सय रुपैयाँ), ओएनयू डिभाइस (एक हजार रुपैयाँ), फाइबर केबल (५ सय रुपैयाँ) मा लाग्ने शुल्क तिर्नु नपर्ने भएको छ ।

त्यस्तै तीन हजार रुपैयाँ पर्ने सेटअप बक्स र १५ सय रुपैयाँ पर्ने जडान शुल्क समेत कम्पनीले नलिने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१