close

आईओएसमा गुगलका एप अपडेट नहुनुको पछाडि यस्तो छ कारण

टेकपाना टेकपाना

पुस २३, २०७७ १०:१३

आईओएसमा गुगलका एप अपडेट नहुनुको पछाडि यस्तो छ कारण

काठमाडौं । गुगलले गत डिसेम्बरदेखि आईओएस प्लेटफर्ममा रहेका आफ्ना एपलाई अपडेट नगरेको आरोप लाग्दै आइरहेको छ । डिसेम्बरमै एप्पलले आफ्नो एप स्टोरमा भएका सम्पूर्ण एप डेभलपरलाई गोपनीयताको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । सोही निर्देशनपछि गुगलले एपमा अपडेट बन्द गरेको हो ।

गुगलका प्रवक्ताका अनुसार अब कम्पनीले आफ्नो एप क्याटलगमा प्राइभेसी लेबल थप गर्ने योजना लिएको छ । सो लेबल अब आगामी हप्तामा रोलआउट हुने कम्पनीले बताएको छ । यद्यपि कम्पनीले कुनै निश्चित मिति भने उल्लेख गरेको छैन ।

गुगलले मात्र होइन अमेजन र पिट्रेस्ट जस्ता ठूला एप निर्माणकर्ताहरुले पनि आफ्नो प्राइभेसी लेबललाई अपडेट गरेका छैनन् ।

एप्पलले एप स्टोर प्राइभेसी लेभल रोलआउट गरिसकेपछि गुगलले आईओएसमा रहेका आफ्ना दुई एपहरु गुगल स्लाइड र सोक्राटिक अपडेट गरेको छ । तर ती दुवै एपको प्राइभेसी रिपोर्ट भने उनीहरुसँग छैन ।

एप्पलको नयाँ गोपनीयता नीति अन्तर्गत डेभलपरहरुले प्रयोगकर्तालई पर्सनलाइज्ड एड दिनका लागि ट्रयाक गर्नुअघि एप स्टोरसँग अनुमति माग्नुपर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१