काठमाडौं । नेपाली बजारमा ‘ओप्पो ए ट्वेल्भ’ को मूल्य घटेको छ । कम्पनीका अनुसार अब ३ जीबी र्याम भएको उक्त फोनको बजार मूल्य एक हजार रूपैयाँ घटेको छ । अब ग्राहकले १७ हजार ५ सय ९० रुपैयाँमा यो फोन किन्न सक्नेछन् ।
नेपाली बजारमा उक्त फोन ब्ल्याक र ब्ल्यु गरी दुई कलरमा उपलब्ध छ । फोनमा ६.२२ इञ्चको डिस्प्ले रहेको छ । कर्भ्ड ग्लास स्क्रिन रहेको फोनमा कोर्निङ गोरिल्ला ग्लास थ्री प्रयोग गरिएको छ ।
डुअल रियर क्यामेरा सेटअप रहेको फोनमा १३ मेगापिक्सेलको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.० एमपी क्षमताको क्यामेरा रहेको छ । सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।
यो फोनमा मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी/सीबी) चिपसेट प्रयोग गरिएको छ । फोनमा ३ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टाेरेज रहेको छ ।
फोनमा रियर माउण्टेड फिंगरप्रिन्ट सेन्सर र फेस अनलक फिचर लगायत सुविधा पनि उपलब्ध छ । त्यस्तै फाेनमा ४२३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
यस्तो छ अन्य फोनको मूल्य सूची
| Model | Price Rs. |
| OPPO A1k (2GB/32GB) | 15,490/- |
| OPPO A3s (3GB/32GB) | 24,590/- |
| OPPO A5s (2GB/32GB) | 16,790/- |
| OPPO A5s (3GB/32GB) | 18,590/- |
| Oppo A5 2020 (3GB/64GB) | 22,990/- |
| Oppo A5 2020 (4GB/128GB) | 25,490/- |
| Oppo A12 (3GB/32GB) | 17,590/- |
| Oppo A12 (4GB/64GB) | 20,790/- |
| Oppo A31 (4GB/128GB) | 26,590/- |
| Oppo A52 (4GB/128GB) | 29,990/- |
| Oppo A53 (4+64GB) | 22,990 |
| Oppo A9 2020 (8GB/128GB) | 33,590/- |
| OPPO F9 (4GB) | 37,990/- |
| OPPO F9 (6GB) | 45,590/- |
| Oppo F11 (4GB/128GB) | 29,990/- |
| Oppo F11 Pro (6GB/128GB) | 38,990/- |
| Oppo F15 (8GB/128GB) | 39,990/- |
| Oppo F17 (6+128GB) | 33,990 |
| Oppo F17 Pro (8+128GB) | 43,990 |
| OPPO Reno 2F (8GB/28GB) | 43,990/- |
| Oppo Reno 3 (8GB/128GB) | 46,990/- |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
