काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमको फाइबर नेटवर्कबाट टेलिभिजन च्यानलहरु समेत हेर्न सकिने यो सेवाको नाम ‘एनटी टिभी’ हो ।
हाल पहिलो चरणमा काठमाण्डौ उपत्यकाभित्रको नेपाल टेलिकमको फाइबर इन्टरनेट नेटवर्क उपलब्ध भएको स्थानहरुमा सेवा उपलब्ध छ । उपत्यका बाहिर यो सेवा क्रमश: विस्तार हुने जनाइएकाे छ ।
टेलिकमकाे एफटीटीएच इन्टरनेट लिएको लाइनबाटै टेलिभिजन चलाउन सकिन्छ र ग्राहकले चाहेमा सोही लाईनबाट इन्टरनेट, टेलिभिजन र टेलिफोन तीनवटै सेवा चलाउन सक्छन् ।
‘एनटी टिभी’ सेवा प्रयाेग गर्न यसअघि नै एफटीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुले थप कागजात पेश गर्नुपर्दैन । नजिकको टेलिकम कार्यालय गई आवश्यक रकम भुक्तानी गरेर एनटी टिभी सेवा एक्टिभेट गर्न सकिन्छ ।
नयाँ ग्राहकहरुले नेपाल टेलिकमको वेबसाइटमा वा नजिकको टेलिकम कार्यालयमा उपलब्ध हुने ग्राहक आवेदन फाराम रितपूर्वक भरी सोको साथमा नेपाली नागरिकताको फोटोकपी र एक प्रति फोटो संलग्न गर्नु पर्दछ ।
प्राविधिक रुपमा सम्भव भएको ठाउँमा जडानको लागि कागजात पेश गरी रकम भुक्तानी हुनासाथ एकै दिनमा सेवा जडान गर्न सकिन्छ।
नयाँ ग्राहकहरुको लागि एफटीटीएच राउटर र सेटअप बक्स आवश्यक पर्छ। पुराना एफटीटीएच ग्राहकहरुको घरमा पहिले नै एफटीटीच राउटर हुने हुँदा सेटअप बक्स मात्र थप गर्नुपर्ने हुन्छ। उल्लिखित सामानहरु नेपाल टेलिकममा नै उपलब्ध हुन्छ।
तर टेलिभिजन सेट, पावर केबल आदि नेपाल टेलिकमबाट उपलब्ध हुँदैन, ग्राहकले नै व्यवस्था गर्नुपर्छ ।
जडान तथा अन्य शुल्कर छुट सम्वन्धी विस्तृत विवरण नेपाल टेलिकमको वेबसाइटको यो लिङ्कमा उपलब्ध छ ।
सेवा सम्बन्धि थप जानकारी वा गुनासो वा समस्याको लागि नजिकको दूरसञ्चार कार्यालय वा ग्राहक सेवा केन्द्रको टेलिफोन नं. १४९८ मा सम्पर्क गर्न सकिन्छ ।
यस्तो छ एनटी टिभी सहितकाे सेवाकाे मूल्य प्याकेज
बेसिक प्याकेज (एक टिभी)
| प्याकेज र समय अवधि | १ महिना (रु.) | ३ महिना (रु.) | १ वर्ष (रु.) |
| 15 mbps Internet+NTTV+Free Telephone | 1,230 | 3,530 | 13,220 |
| NTTV+Free Telephone | 480 | 1,450 | 5,780 |
प्रिमियम प्याकेज (एक टिभी)
| प्याकेज र समय अवधि | १ महिना (रु.) | ३ महिना (रु.) | १ वर्ष (रु.) |
| 15 mbps Internet+NTTV+Free Telephone | 1,400 | 4,100 | 15,000 |
| 30 mbps Internet+NTTV+Free Telephone | 1,750 | 5,000 | 18,100 |
| 40 mbps Internet+NTTV+Free Telephone | 2,050 | 6,000 | 19,700 |
| 60 mbps Internet+NTTV+Free Telephone | 2,450 | 7,200 | 24,500 |
| NTTV+Free Telephone | 800 | 2,350 | 8,300 |
एकभन्दा बढी टिभी भएको खण्डमा त्यसका लागि थप शुल्क लाग्ने टेलिकमले जनाएकाे छ । यदि तपाईं टिभी थप्न चाहानुहुन्छ भने यस्तो छ थप टेलिभिजनकाे शुल्क :
| प्याकेज | १ महिना (रु.) | ३ महिना (रु.) | १ वर्ष (रु.) |
| बेसिक | 226 | 678 | 2712 |
| प्रिमियम | 509 | 1449 | 4882 |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
