close

७ वर्षअघि निधन भएका आफ्ना बुबालाई गुगल अर्थमा देखेपछि…

टेकपाना टेकपाना

पुस २६, २०७७ १३:३८

७ वर्षअघि निधन भएका आफ्ना बुबालाई गुगल अर्थमा देखेपछि…

काठमाडौं । लामो समयदेखि ‘गुगल अर्थ’ विश्वलाई नियाल्नका लागि प्रयोग हुँदै आएको छ । गुगल अर्थबाटै आफ्नो घर पत्ता लगाउने र व्यक्तिहरु खोज्ने लगायतको काम भइरहेको छ ।

यसैबीच जापानमा भने अनौठो घटना घटेको छ । जापानका एक व्यक्तिले आफ्नो बाबुलाई मुत्यु भएको ७ वर्षपछि गुगल अर्थमा भेटेका छन् । कोरोनाको महामारीको बीचमा उनले घरमै बसेर आफ्नो बुबा आमा बस्ने घरको अवलोकन गुगल अर्थबाटै गरिरहेका थिए ।

त्यही क्रममा उनले आफ्नो पिताको एक तस्वीरलाई गुगल अर्थमा देखेका हुन् । ट्वीटरमा @TeacherUfo युजरनेम रहेका उनले भनेका छन, ‘मेरो पिता मेरी आमालाई कुरिरहेका थिए होलान, उनी निकै शान्त र दयालु व्यक्ति थिए ।’

उनले सार्वजनिक गरेको उक्त फोटोमा उनको पिता सडकको छेउमा उभिरहेको देखिन्छ । त्यसैले उनले गुगललाई उक्त बाटाेकाे म्याप रिफ्रेस नगर्न समेत आग्रह गरेका छन् ।

– एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१