close

सामाजिक सञ्जालमा पुराना र अनावश्यक पोस्टलाई डिलिट गर्ने स्मार्ट तरिका

टेकपाना टेकपाना

पुस २६, २०७७ १७:३५

सामाजिक सञ्जालमा पुराना र अनावश्यक पोस्टलाई डिलिट गर्ने स्मार्ट तरिका

काठमाडौं । तपाईंले सामाजिक सञ्जाल प्रयोग गर्नुभएको कति भयो ? समय जति धेरै भयो तपाईंको स्मृति पनि त्यति नै धेरै संकलन भएका हुन्छन् । सामाजिक सञ्जालले ‘मेमोरी ब्याक’ स्वरुप देखाइदिने तस्वीर तथा पोस्टहरुले धेरैलाई मिठो विगतमा फर्काउँछ ।

तर ती विगत कतिपयका लागि तितो र लज्जास्पद पनि बन्न सक्छ । कतिपयको तत्कालको जीवन वा पेशागत जीवनमा विगतका स्मृति अपाच्य पनि हुन सक्छ । यस्तो बेला तपाईं ती प्लेटफर्ममा रहेका आफ्ना स्मृति र विगतका पोस्टलाई मेटाउन चाहनुहुन्छ भने यसका लागि तपाईंले विभिन्न टुलको सहारा लिन सक्नुहुन्छ ।

तर नबिर्सनुहोस् फेसबुक, ट्वीटर वा इन्स्टाग्राममा ती पोस्टहरु डिलिट गर्नुअघि ब्याकअप गर्ने अप्सन पनि तपाईसँग छ । तर डिलिट गर्न तपाईं कुनै थर्ड पार्टी टुलको प्रयोग गर्दै हुनुहुन्छ भने जोखिमको जिम्मेवारी भने तपाईं आफैंले लिनुपर्छ । किनभने उसले तपाईंको सोसल मिडिया हिस्ट्रीमा एक्सेस पुर्‍याइरहेको हुन्छ ।

फेसबुक

फेसबुकमा पुरानो पोस्ट, फोटो तथा फिडलाई सफा गर्न धेरै टुलहरु छन् । एन्ड्रोइडमा होस् वा आईओएसमा माथिल्लो बायाँ भागमा रहेको आफ्नो प्रोफाइललाई ट्याप गरी थ्री डटमा ट्याप गर्नुहोस् । अब त्यहाँबाट एक्टिभिटी लग चयन गर्नुहोस् । त्यहाँबाट म्यानेज एक्टिभिटी चयन गरी आफूले पोस्ट गरेका सबै कुरा हेर्न योर पोस्ट मा क्लिक गर्नुहोस् ।

अब आफूले डिलिट गर्न चाहेको पोस्टको बायाँतिर रहेको बक्समा टिक गर्दै जानुहोस् । क्लिक गर्दा दुईवटा अप्सन आउँछन्, आर्काइभ र ट्रयास ।

अर्काइभमा तपाईंका सबै पोस्टहरु सुरक्षित भएर बस्ने छन्, जसलाई अरुले देख्न सक्दैनन् । तर थ्रासमा क्लिक गर्नुभयो भने त्यो डिलिट भएर जानेछ । तर डिलिट गरेको पोस्टलाई तपाईंले ३० दिनभित्र रिकोभर समेत गर्नसक्नुहुनेछ ।

यदि वेब एप्लिकेसन प्रयोग गर्दै हुनुहुन्छ भने प्रोफाइलमा रहेको स्टाटस अपडेट बक्सभित्रको म्यानेज पोस्टमा क्लिक गर्नुहोस् । अब तपाईंको डिलिट गर्न चाहेको पोस्टहर लामबद्ध बस्नेछन् । त्यहाँ चयन गरेर हटाउनुहोस् । अब चयन गरिसकेपछि नेक्स्ट क्लिक गरी डिलिट पोस्ट क्लिक गरी कन्फर्म गर्नुहोस् ।

यसबाहेक वैकल्पिक अर्को तरिका भनेको कुनै पनि सिङ्गल पोस्टलाई एउटा एउटा गरी डिलिट गर्न तपाईले पोस्टको थ्री डट बटनभित्र ट्याप गरेर गर्नसक्नुहुन्छ । तर यसो गर्दा तपाईको पोस्ट रिसाइकल बिनमा नगइ त्यो सदाका लागि डिलिट हुन्छ ।

अझ फेसबुकमा त तपाईंले आफ्नो पोस्ट तथा फोटोहरु कस कसले हेर्न सक्छन् भनेर धेरै नै नियन्त्रण गर्ने अधिकार पनि पाउनु भएको छ । यसका लागि इडिट अडियन्स वेबमा र मोबाइलमा इडिट प्राइभेसीमा जानुहोस् ।

ट्वीटर

ट्वीटरमा पनि पोस्ट डिलिट गर्न प्रशस्तै धेरै टुलहरु छन् । तर तपाईंले ट्वीटरको आधिकारिक इन्टरफेसबाटै पनि एक एक गर्दै ट्वीट डिलिट गर्नसक्नुहुन्छ ।

यदि तपाईं अत्याधिक ट्वीट गर्नुहुन्छ भने तपाईंलाई धेरै समय लाग्न सक्छ । वेबमा भएको ट्वीटर प्रफाइलमा तपाईंका ट्वीटसँगै रहेका तल फर्किएका एर्रोमा क्लिक गर्नुहोस् र डिलिट चयन गर्नुहोस् ।

यसो गरेपछि तपाईंले कन्फर्मेसन डायलग पाउनुहुनेछ । तर ती ट्वीटरहरु एकपटक डिलिट भइसकेपछि रिस्टाेर हुने तरिका छैन ।

यदि तपाईं एन्ड्रोइड वा आइओएसमा ट्वीटर एप प्रयोग गर्दै हुनुहुन्छ भने आफ्नो प्रोफाइल खोलेर ट्वीट नजिकको तल तिर फर्किएको एर्रो क्लिक गर्नुहोस् । अब डिलिट ट्वीट चयन गर्नुहोस् । त्यसमा भएका अन्य अप्सनले प्रोफाइलको ट्वीटलाई पिन गरिदिन्छ जुन त्यसलाई हटाउनुभन्दा एकदमै फरक छ ।

फेसबुकमा भन्दा धेरै ट्वीटरमा थर्ड पार्टी टुलहरु पाउन सकिन्छ । उदाहरणका लागि फ्रिमियम जम्बो एन्ड्रोइडआइओएस दुवैमा । त्यसलाई आफ्नो ट्वीटर अकाउन्टसँग कनेक्ट गराएर आर्काइभ अप्सनको मुनि रहेको सेट अप चयन गर्नुहोस् ।

तपाईंले एक दिन, एक हप्ता र तीन महिनासम्मको ट्वीट डिलिट गर्नसक्नुहुन्छ । जम्बोले यसलाई आर्काइभिङ भन्छ किनभने ती ट्वीटहरु ट्वीटरबाट हटे पनि तपाईंको फोनमा सुरक्षित भएर बस्नेछ ।

यस्तै फ्रिमियम ट्वीट डिलिट वेबको अर्को अप्सन हो जुन एकदमै सजिलो पनि छ । आफ्नो ट्वीटर अकाउन्टमा प्लग इन गरेर एक हप्तादेखि एक वर्षसम्मका ट्वीटरहरु डिलिट गर्नुहोस् । केही निश्चित शब्दावली प्रयोग भएका ट्वीटलाई पनि तपाईंले हटाउन सक्नुहुन्छ । यस्तो प्रक्रियालाई आफ्नो अकाउन्टमा अटोमेटिकल्ली पनि सञ्चालन गर्न सक्नुहुन्छ ।

यस्तै ट्वीट डिलिट अर्को पनि एउटा नि:शुल्क अप्सन हो, जसले वेब एप्लिकेसनमा काम गर्दछ । यस एपबाट तपाईंले आफ्नो ट्वीट सूचीबाट चयन गरेर डेट फिल्टर गरी डिलिट गर्न सक्नुहुन्छ । यसमा अटो डिलिट फिचर पनि छ ।

अन्य अप्सन पनि छन्, तर ती भने अपडेटेड र विश्वसनीय देखिँदैनन् । तर तपाईंले जुनसुकै एप प्रयोग गरे पनि एकपटकमा ३२ सय भन्दा धेरै एप डिलिट गर्न सक्नुहुँदैन ।

इन्स्टाग्राम

इन्स्टाग्राममा स्टोरी पोस्ट गर्ने विकल्प हुन्छ, जुन २४ घण्टाभन्दा लामो समय रहँदैन र त्यो स्वत: डिलिट हुन्छ । इन्स्टाग्रामको यो फिचर एकदमै धेरै प्रयोग हुन्छ ।

यसरी पोस्ट गरिएका इन्स्टाग्राम फिडलाई तपाईंले डिलिट समेत गर्न सक्नुहुन्छ । प्रोफाइलमा जानुहोस् । पोस्ट सेलेक्ट गर्नुहोस् र थ्री डटमा ट्याप गरी डिलिट अप्सनमा क्लिक गर्नुहोस् ।

त्यहीँ मेनुमा तपाईंले आर्काइभ अप्सन पनि देख्नसक्नुहुन्छ । जसले तपाईंको प्रोफाइलबाट भिडियो र फोटोलाई लुकाइदिनेछ । त्यसलाई तपाईंबाहेक कसैले पनि देख्नसक्दैन ।

तर इन्स्टाग्रामका लागि पोस्ट डिलिट गर्ने कुनै थर्ड पार्टी एपलाई भने हालसम्म एक्सेस प्रदान गरिएको छैन ।

वेब एप्लिकेसनमा डिलिट फिचर नभएको कारणले गर्दा कुनै पनि ब्राउजर एक्सटेन्सनले समेत यो काम गर्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१