close

विदेशमा रहेका नेपालीले किन चलाउन पाउँदैनन् नागरिक एप ?

टेकपाना टेकपाना

माघ ८, २०७७ १२:४०

विदेशमा रहेका नेपालीले किन चलाउन पाउँदैनन् नागरिक एप ?

काठमाडौं । गत हप्ता सार्वजनिक भएको नागरिक एपका प्रयोगकर्ता बढिरहेका छन् । सम्भव भएसम्मका सबै सरकारी सेवा एपबाटै दिने उद्देश्यले ल्याइएको यो एपमा केही त्रुटि र समस्या भएको गुनासो प्रयोगकर्ताहरुबाट आइरहेको छ ।

यसअनुरुप सरकारले क्रमशः त्रुटि हटाउन काम गरिरहेको बताएको छ । यसैबीच विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली नागरिक भने यो एप प्रयोग गर्नबाट वञ्चित बनेका छन् ।

किनकि नेपालमा चलेका मोबाइल नम्बरबाट मात्र नागरिक एप चलाउन सकिने व्यवस्था गरिएको छ । नागरिक एपले निश्चित मोबाइल नम्बर तपाईंकै नाममा रहे नरहेको यकिन गर्न सम्बन्धित मोबाइल सेवा प्रदायकको सिस्टममा पहुँच बनाउने गर्दछ ।

साथै उक्त नम्बर तपाईंको साथमा भएको यकिन समेत गरिन्छ । तर अन्य देशका मोबाइल नम्बर यसरी प्रमाणीकरण गर्न सम्भव नभएकाले यो सेवा हाललाई नेपालभित्र मात्र उपयोग गर्न सकिने बनाइएको छ ।

नागरिकको डेटा सुरक्षाका लागि यस किसिमको प्रबन्ध मिलाइएको बताइएको छ । यद्यपि भविष्यमा यसको समाधान गर्ने प्रयास हुने विश्वास गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३