close

महालेखा नियन्त्रक कार्यालयको नयाँ वेबसाइट, थपिए यस्ता फिचर

टेकपाना टेकपाना

माघ ८, २०७७ १३:९

महालेखा नियन्त्रक कार्यालयको नयाँ वेबसाइट, थपिए यस्ता फिचर

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले नयाँ वेबसाइट तयार पारी सञ्चालनमा ल्याएको छ । वेबसाइटमा विभिन्न सरोकारवाला निकाय तथा संस्थाहरुलाई आवश्यक पर्ने नेपाल सरकारको प्राप्ति र बजेट खर्चको तुलनात्मक विवरणहरु पाई चार्टको माध्यमबाट र वेबसाइटको शीर्षकमा रहेको दैनिक बजेटरी तुलनात्मक विश्लेषणमा गई तत्काल हेर्न सकिने व्यवस्था रहेको छ ।

साथै विभिन्न आर्थिक वर्षको आधारमा राजश्व र बजेट खर्चको तुलनात्मक विवरण बजेट विश्लेषण आईकनमा गई स्तम्भ चार्टको माध्यमवाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै महालेखा नियन्त्रक कार्यालय अन्तर्गत रहेका लेखा समूहका कर्मचारीहरुको सरुवाको लागि सरुवा हुन चाहने कर्मचारीहरुले वेबसाइटको सरुवा आवेदन आइकनमा क्लिक गरी सरुवा निवेदन पेश गर्न सकिने र उक्त निवेदन कर्मचारी प्रशासन अन्तर्गत रहेको पीआईएस सिस्टमसँग प्रत्यक्ष लिंक रहने हुँदा सरुवाको लागि निवेदन बोकेर यस कार्यालयमा आइरहनु नपर्ने व्यवस्था ल्याइएको छ ।

त्यस्तै महालेखा नियन्त्रक कार्यालयको सबै प्रणालीहरुमा सहज पहुँच र सेवाग्राहीलाई सहायताका लागि अद्यावधिक विवरणहरु, स्रोत सामग्री, नयाँ प्रणालीहरुको ट्युटोरियल सामग्री लगायतका प्रणालीहरुको व्यवस्था छ ।

कार्यालयले वेबसाइट पहिलेभन्दा सरल, सादा र प्रयोगकर्तामैवी बनाएको दाबी गरेको छ । त्यस्तै प्रणालीहरुको व्यावसायिक पक्ष र प्रक्रियाको प्राविधिक पक्षमा आवश्यक सहयोग, परामर्श र समस्या समाधानको लागि सम्बन्धित सिस्टमहरु सञ्चालनका लागि तोकिएका व्यवसायिक र प्राविधिक कर्मचारीहरुको नम्बरमा सम्पर्क गरी समस्या समाधान गर्न सकिने व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३