close

बन्द हुँदै एनबीसी स्पोर्ट्स नेटवर्क

टेकपाना टेकपाना

माघ ११, २०७७ १०:७

बन्द हुँदै एनबीसी स्पोर्ट्स नेटवर्क

काठमाडौं । सन् २०२० काे अन्त्यसम्ममा एनबीसी स्पोर्ट्स नेटवर्क बन्द हुने भएको छ । 

केबल नेटवर्क एनबीसीले आफ्नो सञ्चालन बन्द गरेपछि च्यानलका केही स्पोर्ट्स प्राेग्राम भने यूएसए नेटवर्कले सञ्चालन गर्ने सीएनएन बिजनेसको मिमोमा उल्लेख छ । 

एनबीसीका लोकप्रिय स्पोर्ट्स कार्यक्रमहरु नेश्नल हक्की लिग र नास्कार रेसहरु उक्त च्यानलमा सञ्चालन हुनेछन् । 

यस्तै केही प्रोग्राम भने एनबीसी युनिभर्सनलको नयाँ स्ट्रिमिङ सर्भिस पीककमा समेत सञ्चालन हुनेछ । यो २०२२ देखि सुरु हुनेछ ।

एनबीसी स्पोर्ट्स नेटवर्कलाई बन्द गर्ने एनबीसीयूको निर्णयले यूएसए नेटोर्कलाई मिडिया बजारमा एकदमै शक्तिशाली प्लेटफर्म बनाउने एनबीसीयू युनिभर्सलको मिमो उल्लेख रहेको फक्स स्पोर्ट्सका पूर्व कार्यकारी प्याट्रिक क्र्याक्सले बताएका हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३