close

स्पेस एक्सको नयाँ कीर्तिमान, एउटै रकेटबाट १४३ स्याटेलाइट प्रक्षेपण

टेकपाना टेकपाना

माघ १५, २०७७ १९:४६

स्पेस एक्सको नयाँ कीर्तिमान, एउटै रकेटबाट १४३ स्याटेलाइट प्रक्षेपण

काठमाडौं । विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाका संस्थापक समेत रहेको एलन मस्कको कम्पनी स्पेस एक्सले स्याटेलाइट प्रक्षेपणको क्षेत्रमा विश्व कीर्तिमान कायम गरेको छ ।

आइतबारमात्रै भएको स्पेस एक्सको फाल्कन नाइन रकेटमार्फत एकसाथ १४३ ओटा स्याटेलाइट प्रक्षेपण गरिएको हो । यसरी एउटै रकेटमार्फत एकै पटक १४३ ओटा स्याटेलाइट प्रक्षेपण गरिएको यो नै पहिलो पटक हो ।

यसअघि यो कीर्तिमान भारतीय रकेट पीएसएलभीको नाममा रहेको थियो । उक्त रकेटमा सन् २०१७ मा एकसाथ १०४ ओटा स्याटेलाइट प्रक्षेपण गरिएको थियो ।

सोही कीर्तिमान तोड्दै स्पेस एक्सले नयाँ रेकर्ड कायम गरेको हो । स्पेस एक्सका अनुसार उक्त मिसनलाई ट्रान्सपोर्टर वान नाम दिइएको छ । जसमा स्पेस एक्सको स्टार लिंक इन्टरनेट नेटवर्कका १० वटा र बाँकी अन्य कम्पनीका स्याटेलाइट राखिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४