close

आईसीटी जनशक्ति विकास गर्न सञ्चार मन्त्रालयले त्रिविसँग सहकार्य गर्ने

टेकपाना टेकपाना

माघ १६, २०७७ ८:१

आईसीटी जनशक्ति विकास गर्न सञ्चार मन्त्रालयले त्रिविसँग सहकार्य गर्ने

काठमाडौं । आईसीटीमा आवश्यक जनशक्ति पूर्ति गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ ।

इन्टरनेट सेवामाथि बिहीबार सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस किसिमको योजना सुनाएका हुन् ।

‘आईसीटीमा आवश्यक जनशक्ति बढाउन त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने विषयमा विचार गरिरहेका छौं,’ उनले भने ।

मन्त्री गुरुङले दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायकलाई व्यवसायिक सामाजिक उत्तरदायीत्वको रकम सूचना प्रविधि क्षेत्रमा आवश्यक जनशक्ति विकासमा लगाउन आग्रह गरे ।

हाल सेवा प्रदायकहरुले छरिएर सीएसआर (व्यवसायिक सामाजिक उत्तरदायीत्व) को रकम प्रयोग हुँदा त्यसबाट खासै योगदान समेत नदेखिएको उनको भनाइ थियो ।

‘सेवाप्रदायकसँगको सुझावका आधारमा प्राधिकरणले यस सम्बन्धी निर्देशिका बनाउनेछ,’ उनले भने, ‘यो क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउनका लागि समेत यसो गर्न जरुरी छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४