close

ह्वाट्सएपमा खतरनाक भाइरस, झुक्किएर पनि नखोल्नुहोस् यस्तो म्यासेज

टेकपाना टेकपाना

माघ १८, २०७७ ११:३६

ह्वाट्सएपमा खतरनाक भाइरस, झुक्किएर पनि नखोल्नुहोस् यस्तो म्यासेज

काठमाडौं । व्हाट्सएप आफ्नो नयाँ गोपनीयता नीतिको विषयलाई लिएर यस अघि देखि नै विवादित छ । अब खतरनाक व्हाट्सएप म्यासेजको विषय बाहिर आएको छ ।

जसले एन्ड्रोइड प्रयोगकर्ताहरूलाई निशानामा पारिरहेको छ । वास्तवमा यसले तपाईंको फोनमा एक खतरनाक म्यासेजमार्फत ‘वार्म’ इन्स्टल गरिदिन्छ र तपाईंको सम्पर्कमा भएका अन्य व्यक्तिलाई उस्तै प्रकारको खतरनाक म्यासेज पठाउँछ ।

साइबर सुरक्षा कम्पनी ईसेटका सुरक्षा अनुसन्धानकर्ता लुकास स्टेफन्कोले यो माल्वेर अर्थात भाइरसको विषय उजागर गरेका हुन् । उनले यो माल्वेयरलाई एन्ड्रोइड वार्म अर्थात जुकाको नाम दिएका छन् ।

यसले तपाईंको फोनमा एडवेयर अपलोड गर्दछ र त्यसपछि तपाइँको कन्ट्याक्टमा रहेका व्यक्तिलाई व्हाट्सएप म्यासेज पठाएर आफूलाई फैलाउने काम गर्दछ । यो माल्वेयर तपाईंको मोबाइलमा त्यतिखेर इन्स्टल हुन्छ, जब तपाईं आफूलाई आएको यो खतरनाक म्यासेजमा क्लिक गर्नुहुन्छ ।

यो म्यासेजमा लेखिएको हुन्छ कि यो एप डाउनलोड गर्नुहोस् र नयाँ मोबाइल फोन जित्नुहोस् । धेरै प्रयोगकर्ताहरूले त्यस्ता म्यासेजमा क्लिक गरिरहेका हुन्छन् । यो लिंकमा क्लिक गरेपछि यसले तपाईंलाई एउटा वेबसाइटमा लैजान्छ ।

जुन गुगल प्ले स्टोर जस्तै देखिन्छ। त्यसपछि यो सफ्टवेयर सफ्टवेयर इन्स्टल गर्न भन्दै सन्देश लेखिएको लेखिएको हुन्छ ।

जुन ह्वावे मोबाइल एप जस्तै देखिन्छ । यो तपाईंको डिभाइसमा इन्स्टल भएपछि, यसले नोटिफिकेसनमा एक्सेस माग्दछ ।

यो व्हाट्सएप मालवेयर यस्तो किसिमले बनाइएको छ कि यसले मोबाइलमा हुने क्विक रेस्पोन्स अर्थात तीव्र प्रतिक्रिया दिने फिचर प्रयोग गर्न सक्दछ ।

यसलाई प्रयोग गरेर यो मालवेयरले तपाईंका सम्पर्क नम्बरहरूमा त्यस्तै प्रकारको स्पाम म्यासेज पठाउँछ । यतिसम्म कि यो म्यासेज पठाएको तपाईंले पत्तै पाउनुहुन्न ।

यस्तो म्यासेज प्राप्त गर्ने व्यक्तिले तपाईंलाई विश्वास गरेर लिङ्कमा क्लिक गर्ने संभावना धेरै हुन्छ । यो मालवेयर तीव्र रुपमा फैलिनुको मूख्य कारण यही नै हो ।

यस किसिमका माल्वेरबाट जोगिन चाहनुहुन्छ भने आफूलाई आउने शंकास्पद कुनै पनि म्यासेजमा आएका लिङ्कमा क्लिक नगर्नुहोस् । किन कि हाल तपाईंको मोबाइलमा विज्ञापन देखाएर पैसा कमाउने उद्देश्यका साथ तयार पारिएका यस्ता माल्वेयरले तपाईंलाई भविष्यमा ठूलो नोक्सान पुर्‍याउन सक्दछ ।

साइबर सुरक्षा अनुसन्धानकर्ता स्टिफानले यो माल्वेयरमार्फत खतरनाक म्यासेज पठाउन सकिने जोखिम समेत रहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । जसले तपाईंको गोपनीयता र बैंक खातामा समेत नोक्सान पुर्‍याउन सक्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४