close

ह्वावे, साओमी सहित ९० कम्पनी मिलेर चीनको आफ्नै सेमिकन्डक्टर निर्माण गर्दै

टेकपाना टेकपाना

माघ १९, २०७७ ७:०

ह्वावे, साओमी सहित ९० कम्पनी मिलेर चीनको आफ्नै सेमिकन्डक्टर निर्माण गर्दै

काठमाडौं । चिनियाँ कम्पनी ह्वावे, हाईसिलिकन, साओमी लगायतका ९० कम्पनी मिलेर चीनको आफ्नै सेमिकण्डक्टर निमार्ण गर्ने भएका छन् । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार ९० कम्पनीले राष्ट्रिय एकीकृत शर्किट स्ट्यान्डर्डराइजेशन टेक्नोलोजी कमिटी गठनका लागि आवेदन दिएका छन् ।

सेमिकण्डक्टर अद्योग चीनमा सबैभन्दा पछि परेको उद्योग हो । जहाँ अहिले सानो र प्रविधिमा पछि परेका कम्पनीको लगानी रहेको छ । त्यसैले ह्वावे, साओमी, हाईसिलिकन, डाटाङ सेमिकण्डक्टर, युनिचिप माइक्रो इलेक्ट्रोनिक्स, जेडटीई, चाइना युनिकम, चाइना मोबाइल, टेन्सेन्टलगायतका ९० कम्पनी एकै ठाउँमा उभिएर काम गर्ने तयारी गरेको बताएको छ ।

यो समिति गठनको उद्देश पछि परेको सेमिकण्डक्टरको उद्योगलाई उकास्नु र शर्किटको एकीकृत मान्यतालाई अघि बढाउनु रहेको छ । त्योभन्दा पनि समेकण्डक्टरमा अमेरिकी कम्पनीको दवदवालाई कम गर्ने योजनाका साथ यो योजना अघि बढाइएको बताइएको छ ।

हाल अमेरिकारले चिनियाँ कम्पनी ह्वावेमाथि अमेरिकी कम्पनीले निमार्ण गरेको सेमिकण्डक्ट निमार्णमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा कम्पनीको स्मार्टफोन बजार धरासायी हुँदै गएको छ । भोलिका दिनमा अन्य चिनियाँ कम्पनीमा पनि यस्तै खालको अवस्था सिर्जना हुनसक्ने भन्दै सबै कम्पनी जोडिएको हुनसक्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१