close

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा टेलिकमको सिम सत्तैमा

टेकपाना टेकपाना

माघ १९, २०७७ १०:३६

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा टेलिकमको सिम सत्तैमा

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा नेपाल टेलिकमको सिम सित्तैमा पाइने भएको छ । सरकारी स्वामित्वकै दूरसञ्चार कम्पनी नेपाल टेलिकमसँगको सहकार्यमा बैंकले यस्तो अफर ल्याएको हो ।

राष्ट्रिय वाणिज्य बैंकका कुनै पनि शाखामा गएर खाता खोलेर नेपाल टेलिकमको फोरजी प्रिपेड सिम प्राप्त गर्न सकिने जनाइएको छ । यस्तो सुविधा अनलाइनबाट खाता खोल्नेहरुले समेत प्राप्त गर्न सक्नेछन् ।

यसरी प्राप्त हुने सिममा नयाँ सिम खरिद गर्दा जस्तै १० रुपैयाँ ब्यालेन्स, ४० मिनेट भ्वाइस कल, २० एसएमएस र ६० एमबी डेटा प्राप्त हुनेछ । बजारमा खरिद गर्दा यसका लागि ९० रुपैयाँ शुल्क लाग्ने गरेको छ ।

कसरी खोल्ने खाता ?

सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईंले खाता खोल्न आवश्यक कागजातको विवरण देख्न सक्नुहुनेछ । त्यसको अन्त्यमा रहेको प्रोसिड टु अकाउन्ट ओपनिङ फर्ममा क्लिक गर्नुहोस् ।

सेलेक्ट लेखिएको स्थानमा क्लिक गर्नुहोस् र न्यु अकाउन्टमा क्लिक गर्नुहोस् ।

अब त्यसैगरी अकाउन्ट टाइपमा गएर इन्डिभिजुअल छनौट गर्नुहोस् । तपाईं कहाँबाट खाता खोल्दै हुनुहुन्छ, त्यो खुलाउनुहोस् र आफूलाई पायक पर्ने शाखा रोज्नुहोस् ।

अब तपाईं कस्तो खाता खोल्न चाहनुहुन्छ, त्यस मूनी रहेको रातो रङ्गको अप्लाई नावमा क्लिक गर्नुहोस् ।

अब नयाँ फर्म खुल्छ, त्यसमा आवश्यक विवरण भर्नुहोस् र क्याप्चा मिलाएर प्रोसिड बटनमा दबाउनुहोस् । यति गरेसँगै तपाईंको खाता खोल्ने पहिलो चरण पुरा हुन्छ ।

अब भेरिफिकेसनका लागि तपाईंको ईमेलमा एउटा मेल आउनेछ ।

त्यसमा रहेको लिङ्कमा क्लिक गर्नुहोसे र आवश्यक कागजात तथा विवरण अपलोड गर्नुहोस् र सबमिट गर्नुहोस् ।

अब तपाईंले पठाएका सबै विवरण राष्ट्रिय वाणिज्य बैंकको टिमले रुजु गर्नेछ र अपुग भएको खण्डमा तपाईंको ईमेलमै त्यसको जानकारी आउनेछ ।

यदि सबै विवरण तथा कागजात सही भएको खण्डमा एक दिनभित्र तपाईंको ईमेलमा बैंक खाता नम्बर प्राप्त हुनेछ ।

यसरी खोलिएको खतामा तपाईंले तत्कालै रकम जम्मा गर्न सक्नुहुनेछ । तर खातामा भएको चेक लिन, रकम झिक्न तथा कारोबार गर्नका लागि भने तपाईंले सक्कली कागजात सहित बैंक शाखामै पुग्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१