close

८ जीबी डेटासहितको सिम निःशुल्क होम डेलिभरी गर्दै स्मार्टसेल

टेकपाना टेकपाना

माघ १९, २०७७ १२:५५

८ जीबी डेटासहितको सिम निःशुल्क होम डेलिभरी गर्दै स्मार्टसेल

काठमाडौं । नेपालको तेस्रो ठूलो मोबाइल सेवा प्रदायक कम्पनी स्मार्टसेलले आफ्नो सिमकार्ड निःशुल्क रुपमा होम डेलिभरी दिन थालेको छ । कम्पनीले ८ जीबी डेटा र २० मिनेट टकटाइम भएको सिमकार्ड निःशुल्क रुपमा घरमै ल्याइदिन थालेको हो ।

हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमका प्रमुख बिक्री अधिकृत रमेश उप्रेतीले यस्तो सिमकार्डमा ग्राहकले एक्टिभ गर्ने वित्तिकै दुई जीबी तथा एक जीबी गरी तीन जीबी डेटा र २० मिनेट टकटाइम पाउने बताए ।

बाँकी डेटा भने दोस्रो महिनादेखि पाँच महिनासम्म प्रत्येक रिचार्जमा एक जीबीका दरले प्राप्त हुनेछ । त्यसका लागि कम्तिमा एक सय रुपैयाँको रिचार्ज गर्नुपर्ने उप्रेतीको भनाई छ ।

कसरी गर्ने अर्डर ?

स्मार्ट सेलको निःशुल्क सिम अर्डर गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

अब दायाँतर्फ रहेको साइन अप नाउ अन्तर्गत आफ्नो नाम, ठेगाना, ईमेल एड्रेस र फोन नम्बर उल्लेख गरी साइन अप गर्नुहोस् ।

यतिगरेपछि तपाईंको अनुरोध स्मार्ट सेलको सिस्टममा जान्छ ।

अनुरोध प्राप्त भएपछि कम्पनीको कस्टमर केयरले फोन गरी आवश्यक कागजातको जानकारी सहित स्थान, डेलिभरी हुने मिति र समय निश्चित गर्नेछ ।

अर्डर गरेको ४८ घण्टाभित्र तोकिएको समयमा स्मार्टसेलको डेलिभरी एजेन्टले निःशुल्क रुपमा सिमकार्ड डेलिभरी दिनेछ । त्यसक्रममा सिमकार्डका लागि आवश्यक कागजात सम्बन्धि काम समेत डेलिभरी एजेन्टले नै गर्नेछन् ।

डेलिभरी रिपोर्ट प्राप्त भएपछि कस्टमर केयरले पुनः तपाईंसँग फलोअप गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१