काठमाडौं । भारत सरकारको आदेशमा ट्वीटरले २५० भन्दा बढी ट्वीटर अकाउन्ट ब्लक गरेको छ । किसान आन्दोलनलाई लिएर अफवाह फैलाएको भन्दै भारत सरकारले ट्वीटर अकाउन्ट ब्लक गरेको हो ।
ट्वीटरले सोमबार आफ्नो प्लेटफर्ममा कयौं अकाउन्टमाथि रोक लगाएको छ । जसमा नयाँ विवादास्पद कृषि कानूनको विरुद्धमा दिल्लीका सीमा क्षेत्रमा जारी किसान प्रदर्शनसँग जोडिएका छन् ।
जुन अकाउन्टमाथि रोक लगाइएको छ, त्यसमा किसान एकता मोर्चा तथा बीकेयू एकता उग्राहन समेत रहेका छन् । यी दुई अकाउन्टमा हजारौं फलोअर रहेका थिए ।
यस बाहेक कयौं अन्य व्यक्ति एवम् संगठनका अकाउन्टमाथि समेत रोक लगाइएको छ । जसमा सञ्चार माध्यमको अकाउन्ट समेत परेको बताइएको छ ।
यस विषयमा सामाजिक सञ्जालमा बहश समेत सुरु भएको छ । ट्वीटरका अनुसार सामाजिक सञ्जाल प्लेटफर्ममा उचित कानूनी मागको जवाफमा बाध्य भएर सबै पुरा अकाउन्टमाथि रोक लगाइएको हो ।
Ministry of Electronics and IT (MEITY) directed Twitter to block around 250 Tweets/Twitter accounts which were using ‘Modi Planning Farmer Genocide’ hashtag & making fake, intimidatory & provocative Tweets on Jan 30: Sources on Twitter Accounts being withheld pic.twitter.com/LIvZjbevRX
भारतको गणतन्त्र दिवसमा दिल्लीमा ट्याक्टर परेडको दौरानमा भएको हिंसाको बीचमा समेत यो कदम उठाइएको थियो । उक्त हिंसामा एक जना व्यक्तिको मृत्यु भएको थियो भने सयौं प्रहरी समेत घाइते भएका थिए ।
भारतीय किसानहरुले तीन नयाँ कृषि कानूनको विरोधमा आन्दोलन गरिरहेका छन् । दिल्ली पुलिसले गणतन्त्र दिवसमा भएको हिंसाको जाँच गरिरहेको छ ।
त्यसक्रममा कयौं किसान नेताहरुमाथि मुद्दा दायर गरिएको छ । भारत सरकारको इलेक्ट्रोनिक तथा सूचना प्रविधि मन्त्रालयको आदेशमा ट्वीटरले २५० भन्दा बढी अकाउन्ट ब्लक गरेको थियो ।
जसमा धेरैजसो अकाउन्टबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर आपत्तिजनक ट्वीट गरिएको थियो । यस अघि गएको २७ डिसेम्बरमा राजधानी दिल्लीमा गणतन्त्र दिवसमा आयोजित ट्याक्टर र्यालीको दौरान मच्चिएको हिंसा पश्चात ५०० वटा अकाउन्ट निलम्बन गरिएका थिए ।
ट्वीटरले ती अकाउन्टमा लेवल समेत लगाइएको बताएको थियो । यो कारबाहीको सन्दर्भमा ट्वीटरका प्रवक्ताले हिंसा, दुर्व्यवहार र धम्कीका लागि आफ्नो प्लेटफर्ममा कुनै स्थान नरहेको बताएका छन् ।
ट्वीटरले लेवल लगाएका अकाउन्टमाथि नगरानी जारी छ । यदि कुनै अकाउन्टबाट आपत्तिजनक अथवा भड्काउपूर्ण सामग्री पोस्ट भएको खण्डमा उक्त अकाउन्ट वा ट्वीटको विषयमा रिपोर्ट गर्न सकिने बताइएको छ ।