close

शक्तिशाली ब्याट्री सहित सस्तो मूल्यमा रियलमी सी१५ नेपाली बजारमा

टेकपाना टेकपाना

माघ २०, २०७७ १६:१८

शक्तिशाली ब्याट्री सहित सस्तो मूल्यमा रियलमी सी१५ नेपाली बजारमा

काठमाडौँ । रियलमी सी१५ नेपाली बजारमा भित्रिएकाे छ । लामाे समयसम्म टिक्ने ब्याट्री र उत्कृष्ट पर्फमेन्सका थप फिचरसहित याे फाेन सार्वजनिक गरिएकाे कम्पनीले जनाएकाे छ ।

६.५ इन्चको एलसीडी फुलस्क्रिन डिस्प्ले, चारवटा लेन्ससहितको क्यामेराका साथ ल्याइएकाे याे फाेन विषेशगरी युवा लक्षित छ ।

एकपटकको चार्जले लामो समयसम्म टिक्ने पावरफुल ब्याट्री, डिजाइन लगायतका कारण यो मोबाइल फोन स्मार्टफोन प्रयोगकर्ताका लागि एकदमै राम्रो विकल्प भएको दाबी कम्पनीको छ ।

कम्पनीले सी १५ मोबाइल फोनलाई ४६० एसओसीको क्वालकम स्न्यापड्रागन प्रोसेसरले द्रूत र शक्तिशाली बनाएको उल्लेख गरेकाे छ । उसका अनुसार ८ कोरको उक्त प्रोसेसरले १.८ गिगाहर्जसम्म दैनिक प्रयोग हुने एप अपरेसनभन्दा बाहिर पनि सधैं काम गरिरहेको हुन्छ ।

कम पावरमा मोबाइलले ११ प्रोसेसर टेक्नोलोजीमा काम गरिरहेको हुने भएकाले मोबाइलमा ह्याङ्ग हुने समस्या रहँदैन भने यसले मोबाइलको पर्फमेन्स पनि राम्रो बनाएको छ ।

मोबाइलको ग्राफिक प्रोसेसिङ युनिट (जीपीयु) निकै आकर्षक रहेको छ । क्वालकम एड्रेनो ६१० जीपीयुले ग्राफिक प्रक्रियालाई अघिल्लो संस्करणको मोबाइल फोनको भन्दा वृद्धि गरेको छ ।

यसका प्रयोगकर्ताले यस सिरिजको मोबाइल फोनमा पहिलोपटक आकर्षक क्यामेरा पर्र्फमेन्स, राम्रो र शटिक लोकेसन ट्र्याकिङ, राम्रो कनेक्टीभीटीको पनि अनुभूति गर्न पाउनेछन् ।

मोबाइल फोनमा सबैभन्दा महत्वपूर्ण रहने ब्याट्रीको पर्फमेन्सलाई नजिकबाट बुझेर कम्पनीले ब्याट्रीलाई बढी टिकायु बनाउने प्रयास गरेको छ ।

कम्पनीले यस फोनमा विश्वमै पहिलोपटक १८ वाटमा तीव्र र पूर्ण चार्जिङ हुनसक्ने ६ हजार एमएएच ब्याट्री राखेको छ ।

एकपटकको पूर्ण चार्जमा मोबाइलमा ४४ घण्टासम्म लगातार कल गर्न तथा २६.८ घण्टा युट्युब हेर्न सकिनेछ, सामान्यतया एकपटकको चार्जले ४८ घण्टासम्म मोबाइल फोन चल्ने दाबी कम्पनीको छ । यसमा सुपर पावर सेभिङ मोड पनि राखिएको छ ।

कम्पनीले मोबाइलमा ६.५ इन्चको मोबाइल ड्रप डिजाइनमा क्विड (४ वटा लेन्स) भएको क्यामेरा राखेको छ । यसमा खिचिएको भिडियो एकदमै हेर्न उत्कृष्ट तथा मनमोहक हुने दाबी कम्पनीकाे छ ।

यस मोबाइल फोनबाट इन्टरनेट चलाउँदा होस् वा युट्युबमा भिडियो हेर्दा अथवा फोटोहरु हेर्दा शानदार दृश्य प्रभाव हुने कम्पनीको भनाइ छ ।

यस फोनमा पछाडिपट्टीको क्यामेरा १३ एमपीको छ, जसले उत्कृष्ट नाइटस्केप मोड, ११९ डिग्री अल्ट्रावाइड मोड, पोर्टेट मोड लगायतका सुविधाहरु प्रदान गरेको छ ।

यस्तै अगाडिपट्टी ८ एमपीको क्यामेरा राखिएकोमा यसले १०८० पीमा पूर्ण एचडी भिडियो रेकर्डको सुविधा प्रदान गरेको छ भने यसमा फोटो, एआई ब्युटी लगायतका सुविधा प्रदान गरेको छ ।

ब्ल्यु र सिल्भर कलर गरी दुई विकल्पमा उपलब्ध यो मोबाइलको डिजाइनका क्रममा नीलो समुद्र तथा माथि उडिरहेको समुन्द्री चरा जस्तो देखाउन खोजिएको छ ।

चारवटा कर्नर बलियो गरी बनाइएको छ जसले स्क्रिन ड्यामेज हुनबाट धेरै हदसम्म बचाउँछ ।

कम्पनीले यस फोनको खरिदमा ३६५ दिनको वारेन्टी समेत दिएको छ । कम्पनीले नेपालमा ४/६४ जीबीको यस मोबाइल फोनको मूल्य १९ हजार ९९० रूपैयाँ राखेको छ ।

कम्पनीले यसअघि भित्रिएकाे सी १२ फोन १६ हजार ९९० र सी ११ फोन १४ हजार ४९० मा बिक्री गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१