close

नेपाल यातायात चढ्ने यात्रुले अब क्यूआर स्क्यान गरेर बस भाडा तिर्न सक्ने

टेकपाना टेकपाना

माघ २०, २०७७ १६:४२

नेपाल यातायात चढ्ने यात्रुले अब क्यूआर स्क्यान गरेर बस भाडा तिर्न सक्ने

काठमाडौं । अब नेपाल यातायातका बसमा सवार गर्ने यात्रुले क्यूआर कोड स्क्यान गरेकै भरमा भुक्तानी गर्न सक्ने भएका छन् । मुक्तिनाथ विकास बैंककाे सहयाेगमा नेपाल यातायातले क्यूआर कोडबाट बस भाडा तिर्न मिल्ने सुविधा ल्याइएकाे हाे ।

काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी मंगलबारबाट क्यूआर कोड सेवा सुरु गरेको छ । त्यसको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले गरे ।

यातायात क्षेत्रमा क्यूआर मार्फत भुक्तानी सुरु गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाइने, नोटको हिफाजतमा वृद्धि हुने साथै कोरोना संक्रबाटबाट बच्नसमेत सहयाेग पुग्ने विश्वास बैंकले लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१