close

कोभिडका कारण ज्यान गुमाएका व्यक्तिको सम्झनामा मोबाइल एप

टेकपाना टेकपाना

माघ २१, २०७७ ११:४५

कोभिडका कारण ज्यान गुमाएका व्यक्तिको सम्झनामा मोबाइल एप

काठमाडौं । भारतमा कोभिड १९ का कारण ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा चिकित्सक तथा सामाजिक कार्यकर्ताहरुले एउटा एप सार्वजनिक गरेका छन् ।

ज्यान गुमाएका व्यक्तिहरुको भर्चुअल स्मारकको रुपमा उक्त एप निर्माण गरिएको हो । एपमार्फत मृतकका परिवार तथा आफन्तजनहरुले श्रद्धान्जली दिन सक्नेछन् । 

भारतमा कोभिड १९ का कारण १ लाख ५४ हजार जनाले ज्यान गुमाएका थिए । तर पछिल्लो केही महिनायता कोभिडको संक्रमण संख्या भने घटेको छ । 

उक्त एपलाई सञ्चलान गर्न सामाजिक अभियन्ता, चिकित्सक, स्वास्थकर्मी तथा पत्रकारहरुले सहयोग गर्नेछन् । 

नेश्नल कोभिड मेमोरियल डट इन नामको उक्त स्मृति एपलाई यही हप्ता कोभिड केयर नेटवर्कले सार्वजनिक गरेको हो । उक्त नेटवर्कलाई कलकत्तास्थित चिकित्सकहरुको समूहले नेतृत्व गर्दछ । 

आफ्ना सदस्य गुमाएका परिवारहरुले मृतकको मृत्युदर्ता परिचयपत्र तथा फोन नम्बर भेरिफिकेसनका लागि साइटमा अपलोड गर्न सक्नेछन् । यस एपमा देशभरका जोकोही नागरिक जोडिन सक्ने नेटवर्कले बताएको छ । 

परिवारजनको उपस्थिति बिना नै अन्तिम संस्कार भएका व्यक्तिहरुलाई यस एपले श्रद्धासुमन दिने समूहको विश्वास छ । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१