close

१२ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक गर्दै भिभो

टेकपाना टेकपाना

माघ २१, २०७७ ११:१३

१२ जीबी र्‍याम भएको स्मार्टफोन सार्वजनिक गर्दै भिभो

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले १२ जीबी र्‍याम भएकाे स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । गुगल प्ले कन्सोलमा सूचीकृत भएको एक सूचना अनुसार भिभाेले बजारमा नयाँ फाेन ल्याउने तयारी गरेकाे हाे ।

साे सूचना अनुसार उक्त फोनमा डाइमेन्सिटी ११०० चिप सेट रहने छ । मिडियाटेकले सार्वजनिक गरेको डाइमेन्सिटी ११०० चिपसेटमा आधारित भएर बजारमा आउने यो नै पहिलो फोन हुन सक्ने आँकलन गरिएको छ ।

vivo V2072A at Google Play Console

कन्सोलका अनुसार उक्त फोनको मोडल भी२०७२ए रहेको छ । तर, यो फोन भिभो एस९ हुन सक्ने बताइएकाे छ। त्यहाँ उपलब्ध फोनको अगाडि भागको फोटो अनुसार फ्रन्ट क्यामेराका लागि वाटरड्रप कट, पञ्चहोलको सट्टा नोच रहेको छ ।

डुअल सेल्फी क्यामेरा रहने फोनमा एउटा ४४ मेगापिक्सेल र अर्को ग्रुप सेल्फीका लागि अल्ट्रा वाईड एंगल शुटरको रुपमा रहने उल्लेख गरिएको छ ।

एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित फोनमा एमोलेड प्यानल रहने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१