close

क्लाउड व्यवसायमा गुगललाई घाटा, एक वर्षमै गुमायो साढे ६ खर्ब

टेकपाना टेकपाना

माघ २१, २०७७ १४:४३

क्लाउड व्यवसायमा गुगललाई घाटा, एक वर्षमै गुमायो साढे ६ खर्ब

काठमाडौं । गुगलले आफ्नो क्लाउड व्यवसायमा निकै ठूलो घाटा बेहोर्नु परेको छ । २०२० मा कम्पनीले ५ अर्ब ६० करोड डलर (साढे ६ खर्ब बढी) गुमाएको छ । याे व्यवसायबाट सो अवधिमा उसले कुल १३ अर्ब डलरको आम्दानी गरेको थियो । 

मंगलबार गुगलले पहिलोपटक आफ्नो क्लाउड व्यवसायको सञ्चालन खर्च तथा नोक्सानको विवरण सार्वजनिक गरेको थियो । 

फाइदाजनक मानिने क्लाउड कम्प्युटिङको व्यवसायमा गुगलले भने वर्षेनी नोक्सानी देखाउँदै आइरहेको छ, जुन निकै आश्चर्यजनक छ ।

२०१८ मा कम्पनीले ४ अर्ब ३० करोड डलरको घाटा बेहोरेको थियो भने २०१९ मा यो बढेर ४ अर्ब ६० करोड डलर पुगेको थियो । तर उसको आम्दानी पनि सँगै बढ्दै गइरहेको देखिएको छ ।

जसमा २०१८ मा ५ अर्ब ८० करोड डलर र २०१९ मा ८ अर्ब ९० करोड डलरको आम्दानी गरेको थियो । यसरी हेर्दा कम्पनी नोक्सानीमा गएको होइन, तर उसले क्लाउड व्यवसायमा निकै ठूलो लगानी तथा सञ्चालन खर्च गरिरहेको देखिन्छ ।

सीईओ थोमस कुरियनको नेतृत्वमा रहेको गुगलको क्लाउड युनिटमा क्लाउका सम्पूर्ण पूर्वाधार तथा प्लेटफर्म सर्भिस जस्तै गुगल वर्कस्पेसहरु छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१