close

ह्वाट्सएपको ओरालो यात्रा जारी, टेलिग्राम बन्यो जनवरीको नम्बर एक एप

टेकपाना टेकपाना

माघ २६, २०७७ १६:४०

ह्वाट्सएपको ओरालो यात्रा जारी, टेलिग्राम बन्यो जनवरीको नम्बर एक एप

काठमाडौं । गाेपनीयता सम्बन्धी नयाँ सर्त तथा नीति जारी गरेसँगै ह्वाट्सएप प्रयोग गर्नेको संख्या घटिरहेको छ । प्रयोगकर्ताको डेटा फेसबुकसँग शेयर गर्ने कम्पनीको नयाँ नीतिले प्रयोगकर्ता ह्वाट्सएपको विकल्प खोजिरहेका छन् ।

यसैबीच डेटा एनालिसिस कम्पनी सेन्सर टावरले नयाँ प्रतिवेदन जारी गरेको छ । जस अनुसार जनवरी महिनामा सबैभन्दा बढी डाउनलोड हुने एप (नन गेमिङ) मा टेलिग्राम नम्बर एकमा उक्लिएकाे छ ।

अघिल्लो महिना अर्थात सन् २०२० डिसेम्बर महिनामा सेन्सर टावरले जारी गरेको प्रतिवेदन अनुसार टेलिग्राम उक्त सूचीको ९ औं स्थानमा थियो । तर, एक महिनाको अवधिमा टेलिग्राम सबैलाई उछिन्दै पहिलो भएको छ ।

यसअघि तेस्रो स्थानमा रहेको ह्वाट्सएप दुई स्थानले तल झर्दै पाँचौमा पुगेको छ । अघिल्लो महिनासम्म पहिलो नम्बरमा रहेको टिकटक जनवरीमा दोस्रो नम्बरमा छ ।

त्यस्तै सिग्नल तेस्रो स्थानमा छ । यसअघि चौथौ स्थानमा रहेको इन्स्टाग्राम यो पटक छैटौं स्थानमा पुगेको छ ।

अध्ययन प्रतिवेदन अनुसार जनवरीमा मात्रै टेलिग्राम ६ करोड ३० लाख पटक डाउनलोड भएको छ । यसमध्ये २४ प्रतिशत भारत र १० प्रतिशत इन्डोनेशियामा डाउनलोड भएको छ ।

दोस्रो नम्बरमा रहेको टिकटकको डाउनलोड ६ करोड २० लाख भएको छ । जसको २० प्रतिशत डाउनलोड चिनियाँ भर्सनको टिकटकबाटै भएको देखिन्छ ।

प्रतिबन्ध हुन सक्ने भनिएको अमेरिकी बजारमै टिकटकको कुल डाउनलोडमध्ये १० प्रतिशत भएको साे प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१