close

भ्यालेन्टाइन्स डे काे अवसरमा स्मार्ट डोकोले ल्यायो ‘डोको भरी माया’

टेकपाना टेकपाना

माघ २६, २०७७ २२:१३

भ्यालेन्टाइन्स डे काे अवसरमा स्मार्ट डोकोले ल्यायो ‘डोको भरी माया’

काठमाडौं । हालै रिलन्च भएको स्मार्ट डोको अनलाइन शपिङ पोर्टलले भ्यालेन्टाइन्स डेकाे अवसरमा ‘डोको भरी माया’ नामक अफर ल्याएकाे छ ।

कम्पनीले आफ्ना ग्राहकलाई रोमान्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन याे अफर ल्याएकाे हाे ।

यसका अतिरिक्त, यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई राेमान्टिक रात्रीकालीन बास, खाना र स्पा समेतको व्यवस्था १० जना भाग्यशाली जोडीहरुलाई उपलब्ध गराइने छ ।

१. भाग्यशाली एक जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर
२. भाग्यशाली दुई जोडीलाई भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर
३. भाग्यशाली दुई जोडीलाई होटल चौतारी पोखरामा दुई रात तीन दिनको प्याकेज
४. भाग्यशाली तीन जोडीलाई होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर
५. भाग्यशाली दुई जोडीलाई किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पा

रु. १००० भन्दा बढीको सामान खरिद गर्ने सुरुका ५० जना ग्राहकहरुलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ । साथै रु १. को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ ।

यो सुविधा १४ फेब्रअरीसम्म मात्र लागू रहने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१