close

दिल्लीका मुख्यमन्त्री केजरीवालकी छोरी नै अनलाइन ठगीको सिकार बनेपछि

टेकपाना टेकपाना

माघ २७, २०७७ १०:४०

दिल्लीका मुख्यमन्त्री केजरीवालकी छोरी नै अनलाइन ठगीको सिकार बनेपछि

काठमाडौं । दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालकी छोरी हर्षिता अनलाइन ठगीको सिकार बनेकी छिन् । हर्षिता ओएलएक्समा सोफा बिक्री गर्न खोजिरहेकी थिइन् ।

एक व्यक्तिले सोफा खरिद गर्ने भन्दै सम्पर्क गर्‍यो । डिल तय भइसकेपछि उक्त व्यक्तिले मूख्यमन्त्रीकी छोरीलाई एउटा क्यूआर कोड पठायो र त्यसलाई स्क्यान गर्न आग्रह गर्‍यो ।

क्यूआर स्क्यान गर्ने वित्तिकै हर्षिताको अकाउन्टबाट ३४ हजार रुपैयाँ भारु काटिन पुग्यो । दिल्ली पुलिसका अधिकारीका अनुसार उजुरी प्राप्त हुने वित्तिकै आईपीसी सम्बन्धि धारा अन्तर्गत सिभिल लाइन्स पुलिस स्टेसनमा एफआईआर दर्ता गरिएको छ ।

एफआईआरको आधारमा अनुसन्धान भइरहेको र संदिग्ध व्यक्तिलाई ट्रेस गर्ने कार्य चलिरहेको बताइएको छ । प्रहरीका अनुसार ठग व्यक्तिले डिल निश्चित भइसकेपछि हर्षितालाई क्यूआर कोड पठाएर स्क्यान गर्न आग्रह गरेको थियो ता कि पैसा पठाउन सकियोस् ।

तर उनको अकाउन्टबाट २० हजार रुपैयाँ काटियो । त्यसपछि हर्षिताले उल्टै आफ्नो अकाउन्टबाट पैसा काटिएको जानकारी गराएपछि उक्त व्यक्तिले भुलबस गलत क्यूआर पठाएको बतायो ।

त्यसपछि उक्त व्यक्तिले पुनः एउटा अर्को लिङ्क पठायो । त्यसमा क्लिक गर्दा फेरी उनको खाताबाट १४ हजार रुपैयाँ काटियो ।

एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१