close

यी म्याकबुकमा निःशुल्क ब्याट्री रिप्लेसमेन्टको सुविधा दिँदै एप्पल

टेकपाना टेकपाना

माघ २८, २०७७ १२:४०

यी म्याकबुकमा निःशुल्क ब्याट्री रिप्लेसमेन्टको सुविधा दिँदै एप्पल

काठमाडौं । एप्पलले विश्वव्यापी रुपमै म्याकबुक ब्याट्री रिप्लेसमेन्ट कार्यक्रम अघि बढाएको छ । सन् २०१६ र २०१७ का म्याकबुक प्रोको ब्याट्रीमा समस्या भएको खण्डमा उक्त ब्याट्रीको ठाउँमा नयाँ ब्याट्री नि:शुल्क उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार यदि ब्याट्रीमा समस्या भएको खण्डमा ब्याट्रीको हेल्थ स्ट्याटसमा गएर जाँच गर्दा ‘सर्भिस रिकमेन्डेड’ भन्ने म्यासेज देखाउँछ । यदि तपाईंको ब्याट्रीमा कुनै समस्या नभएको खण्डमा ‘योर ब्याट्री इज नर्मल’ भन्ने सन्देश देखाउँछ ।

यदि ‘सर्भिस रिकमेन्डेड’ भन्ने म्यासेज देखाएको खण्डमा तपाईंले एप्पलको सर्पोटमा सम्पर्क गर्न सक्नुहुनेछ । त्यसमा तपाईंले आफ्नो डिभाइसको ‘की’ नम्बर हाली समस्या दर्ता गराउन सक्नुहुनेछ ।

यसपछि कम्पनीले तपाईंका लागि उपयुक्त पर्ने स्थानमा गएर ब्याट्री परिवर्तन गर्न सुझाव दिने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१