close

पब्जीले एक वर्षमै कमायो करिब २ खर्ब

टेकपाना टेकपाना

माघ २८, २०७७ १२:४

पब्जीले एक वर्षमै कमायो करिब २ खर्ब

काठमाडौं । सेन्सर टावरको रिपोर्ट अनुसार चीनका टप ३० मोबाइल गेमले गत वर्ष विश्वभरबाट ९.२४ बिलियन डलर अर्थात करिब ११ खर्ब १२ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । यसमा १.०६ बिलियन डलर अर्थात एक खर्ब ९२ अर्ब रुपैयाँ आम्दानीका साथ पब्ली सबैभन्दा अगाडि छ ।

सन् २०१९ मा चीनका टप ३० मोबाइल गेमले विश्वभरबाट ६.३ बिलियन डलर आम्दानी गरेका थिए । यसको अर्थ सन् २०२० मा यी गेमको आम्दानी ४७ प्रतिशतले बढेको हो ।

रिपोर्ट अनुसार यी गेमले सबैभन्दा धेरै आम्दानी जापानबाट गरेका छन् । यी गेमहरुले जापानबाट मात्रै गत वर्ष २.८ बिलियन डलर आम्दानी गरेका थिए ।

यस अघि अमेरिका पहलो नम्बरमा रहेको थियो । सेन्सर टावरले जनवरीमा डाउनलोड हुने टप टेन एपको सूची समेत जारी गरेको छ । सूचीमा समग्र डाउनलोडमा टेलिग्राम पहिलो नम्बरमा छ भने टिकटक दोस्रो स्थानमा छ ।

त्यस्तै सिग्नल तेस्रो स्थानमा रहेको छ । २०२० को डिसेम्बरमा टिकटक पहिलो नम्बरमा रहेको थियो भने दोस्रो नम्बरमा फेसबुक र तेस्रोमा ह्वाट्सएप रहेको थियो ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१