close

ट्वीटर चलाउनुहुन्छ भने तत्कालै यसरी परिवर्तन गर्नुहोस प्राइभेसी सेटिङ

टेकपाना टेकपाना

माघ २९, २०७७ १०:१४

ट्वीटर चलाउनुहुन्छ भने तत्कालै यसरी परिवर्तन गर्नुहोस प्राइभेसी सेटिङ

काठमाडौं । अमेरिकाको चुनावी समयमा भएको ट्वीटर ह्याकसँगै कम्पनीले प्रयोगकर्तालाई टु-फ्याक्टर अथेन्टिकेशनमार्फत अकाउण्ट सुरक्षित राख्न र प्रयोगकर्तालाई बलियो पासवर्ड प्रयाेग गर्न आग्रह गरेको थियो ।

यी दुई आग्रह गर्नुका पछाडि ह्याकरबाट तपाईंको ट्वीटर अकाउण्ट जाेगाउनु नै हाे । त्यसबाहेक पनि ट्वीटरको आफ्नै प्राइभेसी सेटिङ पनि रहेको छ । जसमा प्रयोकर्तालाई आफ्नो बारेमा कस्ता जानकारी दिने भन्ने विषयमा नियन्त्रर्ण गर्न सकिने छ ।

ट्वीटरले तपाईंको ब्राउजिङ ह्याबिट र तपाईंसँग सम्बन्धित जानकारी उसका व्यवसायिक साझेदारसँग शेयर गर्ने कुरा उसको विज्ञापन पोलिसिमै उल्लेख गरेको छ । जसले लक्षित प्रयोगकर्ताको फिडमा विज्ञापन पुर्‍याउन सहयोग होस् भन्ने उद्देश्य छ ।

यतिसम्म कि ट्वीटरले ट्वीट इम्बेडमार्फत तपाईंले खोल्नुभएको वेबपेज, अथवा ट्वीट शेयर बटन क्लिक गर्दाको जानकारी समेत लिनेछ ।

यदि तपाईं आफ्नो डेटाको विषयमा ध्यान दिनुहुन्छ भने तपाईंले के कुरा ट्विटरलाई शेयर गर्ने/नगर्ने भन्ने विषय आफैले निण्न्त्रण गर्न सक्नुहुनेछ । त्यसका लागि तपाईंले ट्वीटरको प्राइभेसी सेटिङमार्फत मिलाउन सक्नुहुनेछ ।

ट्वीटर प्राइभेसी सेटिङ

त्यसका लागि ट्वीट लगइन गरी बाँया साइडमा रहेको ‘मोर’ भन्ने सेटिङमा क्लिक गर्नुहोस् । मोबाइलको हकमा तपाईंले ट्वीटरको बाँया साइडमा ‘तीन वटा धर्को’ देख्नुहुनेछ ।

उक्त अप्सनमा क्लिक गर्दा त्यहाँ ‘सेटिङ एण्ड प्राइभेसी’ भन्ने अप्सन रहेको छ ।

त्यहाँ अब प्राइभेसी एण्ड सेफ्टी भन्ने अप्सन रहेकाे छ ।

त्यसमा क्लिक गरी स्क्रोल गर्दै तल जाँदा त्यसमा ‘पर्सनलाइजेशन एन्ड डेटा’ भन्ने अप्सन रहेको छ ।

जुन प्राय: सबैको अन रहेको हुन्छ । ‘पर्सनलाइज एण्ड डेटा’ मा क्लिक गरी तपाईंले सबैलाई क्रमश: बन्द गर्न सक्नुहुनेछ । अथवा एकै पटक अफ गर्नका लागि त्यसको सबैभन्दा माथि रहेको अप्सन बन्द गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१