close

टिकटकको ई-कमर्स मोह

टेकपाना टेकपाना

फागुन १, २०७७ ८:४८

टिकटकको ई-कमर्स मोह

काठमाडौं । यदि तपाईंले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरुको अपडेटलाई लामो समयदेखि पछ्याइरहनु भएको छ भने तपाईंले एउटा निश्चित ढाँचा याद गर्नु भएको होला । सामाजिकीकरणका लागि डिजाइन भएका त्यस्ता प्लेटफर्महरु विस्तारै अनलाइन शपिङमा परिणत भइरहेका छन् ।

हामीले यो इन्स्टाग्राममा देखिसकेका छौं । पिन्ट्रेस्ट र स्नापच्याटमा पनि देखिसकेका छौं । यसैले अब किशोरहरुको रोजाइको प्लेटफर्म टिकटक पनि यही उपभाेक्तावादको दिशातिर नजाला भन्न सकिन्न । यसका लागि थोरै समयको मात्र खाँचो छ । 

फाइनेन्सियल रिपोर्टका अनुसार त्यो समय पनि आइसकेको छ । कम्पनीका केही एडभर्टाइजर पार्टनरहरुलाई उधृत गर्दै टिकटकले यस वर्षको अन्त्यसम्ममा ईकमर्श फिचर रोलआउट गर्ने बताइएको छ । 

यसको पहिलो फिचरले केही चर्चित इन्फ्ल्युन्सरहरुलाई आफ्नो भिडियोमा आफूलाई मनपर्ने वस्तुको लिङ्क शेयर गर्ने अनुमति दिन्छ । यदि प्रयोगकर्ताहरुले ती लिङ्क खोले र त्यसलाई किनेभने ती इन्फ्ल्युन्सरले केही हिस्सा नाफाको रुपमा पाउनेछन् ।

वास्तवमा टिकटकले यहाँ अरुले अभ्यास गरेको पुरानो काम गरिरहेको छैन । यहाँ खास कुरा त त्यो सम्बन्धित लिङ्कसँग जोडिएको छ । 

२०१९ मा पहिलोपटक टिकटकले इन्फ्ल्युन्सरलाई  उनीहरुको बायोभित्र कुनै पनि बस्तु वा व्यवसायको लिङ्क राख्ने अनुमति दिन सुरु गरेको थियो । पछि २०२० को अन्त्यतिर आइपुग्दा कम्पनीले सोपीफाई तथा टेस्प्रिङ लगायतका कम्पनीहरुसँग साझेदारी गरेको थियो । ती कम्पनीहरुलाई त्यही इन्फ्ल्युन्सर लिङ्कको फिचर प्रयोग गर्न उसले अनुमति दिएको थियो । 

सोपिफाई र टेस्प्रिङसम्म त ठीकै थिए । तर यी दुई नै अनलाइन शपिङको मामिलामा सबै कुरा होइनन् । टिकटकमा कति यस्ता सुन्दर सेलिब्रेटी थिए, जो आफ्नो मस्करालाई सेफोराको वेबसाइटसँग लिङ्क गर्दथे भने खाद्यन्नका लागि टिकटकहरु बनाना स्लाइसर्सको वेबसाइटसँग लिङ्क गर्दथे ।  

टिकटकको यो नयाँ इन-भिडियो शपिङ फिचर बाहेक टिकटक अर्को एउटा परियोजनामा काम गर्दैछ, जसलाई क्युभीसीको रुपमा बुझिन्छ । तर किशोरहरुका लागि यो एउटा लाइभ स्ट्रिम शपिङ च्यानल हो, जहाँ प्रयोगकर्ताहरुले केही ट्यापमै आफूलाई मन पर्ने सामग्री किन्न सक्छन् ।

कम्पनीले ब्राण्डहरुलाई टिकटक एपभित्रै आफ्नो प्रोडक्टको क्याटालग देखाउन नसक्ने क्षमतामाथि पनि काम गरिरहेको खबर आइरहेको छ । टिकटकसँग यसबारे प्रश्न त गरिएको छ, तर उसले हालसम्म कुनै प्रक्रितया दिएको छैन । 

यदि तपाईंलाई सोसल मिडियाहरुको यो फिचर परिचित लाग्छ भने तपाईं सही सोच्दै हुनुहुन्छ । किनभने एक वर्षभन्दा धेरै समय भयो इन्स्टाले यो फिचरमाथि काम गरिरहेको छ । २०१८ को अन्त्यतिर कम्पनीले सोपेबल भिडियोहरु ल्याएको थयो, जसले ब्राण्डहरुलाई फिचर भएको इन-भिडियोलाई आफ्नो प्रोडक्टसँग लिङ्क गर्न सुविधा प्रदान गर्दथ्यो ।

त्यसपछि त्यही फिचर इन्फ्ल्युन्सर्सहरुलाई समेत प्रयोग गर्न दिइयो । २०२० को अन्त्यसम्म आइपुग्दा इन्स्टाले आफ्नो होमपेजलाई परिस्कृत गर्‍यो । ताकि यसको शपिङ फिचरलाई थप हाइलाइट गर्न सकियोस् । टिकटकमाथिको अमेरिकी र भारतीय प्रतिरोधसँगै सार्वजनिक भएको रिल्समा पनि केही हप्तापछि शपिङ फिचर रोलआउट भयो । 

टिकटकले लाज पचाएरै इन्स्टाको फिचर कपी गरेको छ । किनेभने यसले कम्पनीलाई व्यवसायिक गति प्रदान गर्ने थियो । तर वास्तविकता त यो हो की टिकटकको चिनियाँ भर्सन डुयानमा २०१९ देखि नै यस्ता धेरै फिचरहरु उपलब्ध थिए । 

अर्को शब्दमा भन्नुपर्दा इन्स्टाग्राम कुनै ट्रेण्डसेटर थिएन । पूर्वी एसियामा यसले अवसर मात्र पढ्दै थियो । कन्टेन्ट र कमर्शबीचको यो रेखा समयसँगै अस्पष्ट र धुमिल बन्दै गइरहेको छ । तर यसबीच अमेरिका भने आफ्नो ‘सोसल कमर्श’ बढेकोमा मख्ख छ ।

जारी महामारीका कारण पनि हाम्रो दैनिक अनलाइन शपिङको अभ्यासमा भारी वृद्धि भएको छ । ई-मार्केटर एनालिस्टतर्फको अघिल्लो महिनाको एउटा प्रतिवेदनका अनुसार सोसल मिडियाबाट भएको बिक्रीको भोल्युम ३६ अर्ब डलर रहेको छ ।

त्यसो त अघिल्लो वर्षको तुलनामा यो ३५ प्रतिशत मात्र वृद्धि हो । यद्यपि सामाजिक सञ्जालबाटै हुने किनबेचको भोल्युम भने उल्लेखनीय छ । 

टिकटक र इन्स्टाबीच जारी यो विवाद टिनेजरहरुका लागि कुन लोकप्रिय मिम प्लेटफर्म बनाउने भन्नेसँग मात्र सम्बन्धित छैन । यो त टिनेजरहरुबीच सर्वाधिक खर्च गराउनका लागि पनि प्लेटफर्महरुबीचको लडाईं हो ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३